![](https://newspolar.com/wp-content/uploads/2024/06/b7e4587d-70d3-4e41-a1b8-9ede0c4b199d.jpg)
जनकपुरधाम । मौलापुरमा जनताले बुझाउने बिद्युत महसुलको तेश्रो किस्ता वापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत प्राधिकरणकोलाई बुझाएको छ ।
नगरप्रमुख रीना कुमारी साहले बिद्युत शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गर्नुभएको हो ।
मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम संचालन गर्दै आएको छ । झण्डै ५ बर्ष देखी जनताको घरायसी मीटर र कृषि मीटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।
यो चालु आर्थिक वर्षमा मात्रै अहिले सम्म ३ करोड़ ४३ लाख ५० हजार रक़म बुझाई सकेको छ ।