• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

पारसको टिप्पणी: नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आईसिसि टि २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

उहाँले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताउनु भयो । उहाँले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने बताउनु भयो । उहाँले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताउनु भयो । उहाँले नेपाली क्रिकेट धेरै संघर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल विश्वका नम्बर वान देशहरुसँग खेलिरहेकाले एउटा खेलबाट मूल्यांकन नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टि २० विश्वकप खेलिरहेका छौँ । तीन वटा म्याच बाँकी छ । फस्र्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरुको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ ।’

‘तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै ने संघर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरुको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरुसँग खेल्दैछ । खेलाडीहरुले जि ज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्नसक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’

उहाँले खेलाडीहरुका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।