२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु



अ+ अ-

धनगढी । बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु भएको छ ।

सोमबार जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

अभ्यास गर्ने क्रममा बेहोस भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता रहेका प्रवक्ता कुमार न्यौपानेले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको छ ।

 




भर्खरै