• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   सांसदका १२ प्रश्नमा अर्थमन्त्री पुनको जवाफ ★   नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द ★   ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ ★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु



प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास । फाईल फोटो

धनगढी । बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र जवानको मृत्यु भएको छ ।

सोमबार जयपृथ्वीबहादुर नगरपालिका स्थित सेती नदीमा प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवान २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको हो ।

अभ्यास गर्ने क्रममा बेहोस भएका धामीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत धामी विपद् व्यवस्थापनमा अनुभवी उद्धारकर्ता रहेका प्रवक्ता कुमार न्यौपानेले बताए ।

सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला उद्धारसम्बन्धी नमुना अभ्यास गराइरहेको छ ।