६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब रोहितले टसको बेला सिक्का भूले…



अ+ अ-

एजेन्सी । आईतबार टी २० विश्वकपमा भारत र पाकिस्तानबीच हाई भोल्टेजको खेल भएको थियो ।

अमेरिकाको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ११९ रनको लक्ष्य पनि पूरा गर्न दिएको थिएन ।

यो खेल हेर्न सचिन तेन्दुलकर र क्रिस गेल जस्ता महान खेलाडी पनि आएका थिए । भारत र पाकिस्तानका फ्यानले रंगशाला खचाखच भरिएको थियो । यो खेलमा धेरै उतारचढाव आए । धेरै क्याच छुटे, धेरै समातिए। कहिले बलर ब्याट्सम्यानसँग ठोक्किन पुगे ।

आईतबार वर्षाका कारण भारत–पाकिस्तान खेल ढिला भएको थियो । जसको कारण ७:३० मा हुनुपर्ने टस ८ बजे भएको थियो । टस गर्न भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजम फिल्डिङमा पुगेका थिए ।

होस्ट रवि शास्त्रीले रोहित शर्मालाई सिक्का टस गर्न भने । तर रोहित भने एकछिन अलमल्ल परे । उनले टसको सिक्का आफ्नो खल्तीमा थियो भनेर बिर्सेका थिए । बाबर आजमले सिक्का उनको खल्तीमा भएको ईसारा दिए र पछि रोहितले आफ्नो खल्तीबाट सिक्का निकालेर फ्याँके ।

पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्दा भारतीय टोली १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनमा सिमित भयो । जवाफमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।