२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब रोहितले टसको बेला सिक्का भूले…



अ+ अ-

एजेन्सी । आईतबार टी २० विश्वकपमा भारत र पाकिस्तानबीच हाई भोल्टेजको खेल भएको थियो ।

अमेरिकाको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ११९ रनको लक्ष्य पनि पूरा गर्न दिएको थिएन ।

यो खेल हेर्न सचिन तेन्दुलकर र क्रिस गेल जस्ता महान खेलाडी पनि आएका थिए । भारत र पाकिस्तानका फ्यानले रंगशाला खचाखच भरिएको थियो । यो खेलमा धेरै उतारचढाव आए । धेरै क्याच छुटे, धेरै समातिए। कहिले बलर ब्याट्सम्यानसँग ठोक्किन पुगे ।

आईतबार वर्षाका कारण भारत–पाकिस्तान खेल ढिला भएको थियो । जसको कारण ७:३० मा हुनुपर्ने टस ८ बजे भएको थियो । टस गर्न भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजम फिल्डिङमा पुगेका थिए ।

होस्ट रवि शास्त्रीले रोहित शर्मालाई सिक्का टस गर्न भने । तर रोहित भने एकछिन अलमल्ल परे । उनले टसको सिक्का आफ्नो खल्तीमा थियो भनेर बिर्सेका थिए । बाबर आजमले सिक्का उनको खल्तीमा भएको ईसारा दिए र पछि रोहितले आफ्नो खल्तीबाट सिक्का निकालेर फ्याँके ।

पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गर्दा भारतीय टोली १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनमा सिमित भयो । जवाफमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो ।