३ श्रावण २०८२, शनिबार
,
Latest
ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने ‘खानेपानीसम्बन्धी समस्या समाधान गर्दै नागरिकको जीवनस्तर सुधार्न केन्द्रित छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, आज फर्किने



अ+ अ-

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।