४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

भलादमी चोर

भलादमी चोर
अ+ अ-

क्रिसमस भर्खरै सकिएको थियो, ब्यापार ब्यवसायको मन्दीले ग्वाम्ल्वाङ्ग अँगालो मारेको थियो अमेरिकालाई । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको ह्यूस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दीरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हाई, हाई गर्दै बारम्बार घडी हेर्नु बाहेक अर्को बिकल्प थिएन उसँग । समय काट्न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।

उमेरले पैसठ्ठी नागिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको ब्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो बर्ण, गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो उ । दार्शनिक जस्तो !

गफ सुन्न, गर्न पाए कै चाहिदैन थियो मन्दीरालाई । झन हेर्दै बुद्धिजिबी लाग्ने भलादमी उसको अगाडि उभिएपछी के चाइयो र ? मन्दीरालाई समय बिताउने यो राम्रो अवसर थियो , ग्राहक अनी गफ । सामान्य औपचारिकतापछि ग्राहाकलाई सोधी उसले – हाउ क्यान आइ हेल्प यू ? व्हाट डु यू वान्ट टु सी सर ?

आइ लाइक टु सी सम जेम्स स्टोनश , क्यान यू सो मी ? ( आफूले लगाएको चाँदिका औंठीहरूमा जडिएका रत्नहरू देखाउदै ) – ग्राहकले सोध्यो ।

स्टोनहरू देखाउदा ग्राहकको नामदेखि कामसम्म सोधी उसले । ज्याक हेनरिक थियो ग्राहकको नाम । जर्मनको एउटा सामाजिक संगठनमा काम गर्दो रहेछ । दुई महिना सेमिनारमा भाग लिन आएको रहेछ उ अमेरिका । अमेरिका घुमाइको आनन्द उठाइरहेको थियो उ सेमिनार सकेर । ती स्टोनहरू देखाउदै गर्दा जर्मन र अमेरिकी ईतिहास, समाज परिबेशका कुराहरू भयो उनिहरु बिच । व्हाइट हाउसदेखि हिटलरको नुरिनबर्गसम्मका चर्चा पनि भए । मन्दिरा उसका कुराहरु खुब चाख दिएर सुनिरहेकी थीइ । बिस्तारै र कम बोल्ने त्यो ग्राहक साँच्चै दार्शनिक जस्तो लाग्थ्यो हेर्दा । मन्दीरालाई त्यो दार्शनिक जस्तो देखिने ग्राहकबाट अझ धेरै कुरा जान्ने मन भैरहेको थियो । जीवन दर्शनको कुरा सुन्ने चाँहाना भैरेहेथ्यो । कुरैकुरामा आफू पनि किताबहरू खुब पढ्न रुचाउने बताइ उसले । ग्राहकले आफूले भिरेको झोलाबाट दुइवोटा पुस्तक निकाल्यो र देखायो । दुबै पुराना जर्मनी उपन्यास थिए ।

आधा घन्टाभन्दा बढि नै उनिहरुबीच कुराकानी भैसकेको थियो । उ प्रश्नको गोलमटोल जबाफ दिन्थ्यो र बेप्रसँगको कुराहरु गर्थ्यो । सुरुमा देख्ने बित्तिकै कस्तो उत्त्साह जागेको थियो उसलाइ त्यो ग्राहकप्रति दार्शनिक नै होला भनेर । तर सोचे अनुसारको बौद्धिकता ग्राहकमा नभएको अनुभव हुन थाल्यो मन्दिरालाई । बुझ्न कठिन लाग्दै गइरहेको थियो उसलाई त्यो ग्राहक । हुन त मानिसलाई सजिलै बुझ्न कहाँ सकिन्छ र ! दार्शनिक त यस्तो हुन नपर्ने मनमनै भन्थी उ । तर उसले साँच्चै दार्शनिकलाई पहिले भेटेकिनै पनि कहाँ थी र ? किताबहरुमा बाहेक । पसलको योदेखि त्यो कुनासम्म सबै थोक हेर्न भ्याइसक्दा पनि त्यो ग्राहकले किन्ने प्रयास नगरेको देख्दा भने दार्शनिकप्रतिको उसको भ्रम घट्दै जान थाल्यो । एउटै समान दोर्याइ तेर्ह्याइ देखाउ भन्दा संकोच नमान्ने ग्राहकप्रति शँका लाग्न थाल्यो । दार्शनिक वा ठुलै बिद्द्वान मान्छे होला भनेर त्यत्रो सम्मान दिएकी उसले । नरम र मिठो लवजमा कुरा गरेकी थीइ उसले ।

के आश्चार्य ! जर्मनी ग्राहक त आँखा छलेर हात लामो पार्ने प्रयत्न पो गर्दै रहेछ । ट्रेमा राखिएको औंठीहरू आफ्नो फैलिएको हत्केलाभित्र लुकाउने कोशिश गर्दै थियो उ । अगिदेखी यो हेरुम र त्यो हेरुमको खेल त बल्ल बुझी ! उसलाई रिस उठेर आयो । देखाउदिन भन्न नी नमिल्ने, कति देखाउनु ? नानाथरी हेरेर दिक्क पार्नुसम्म पार्यो । ग्राहकसँग उसको गफको सिलसिला अगिनै खतम भैसकेको थियो । अब उसलाई यो मात्र हेर्नु थियो , उसले सज्जन ठानेको ब्यक्ति कुन हदसम्म झर्न सक्ने रहेछ । वाच यन्ड सी को फर्मुला अबलम्बन गरि उसले ।

एउटा फरक अनुभव भैरहेथ्यो । चोरले चोर्दैछ भन्ने उसलाई थाहा थियो र त्यो चोरलाई पनि मन्दीराले थाहा पाइरहेकीछे भन्ने अनुमान थियो । न उसले चोरलाई रोक्न सकी , न चोरले चोर्ने प्रयाशलाई छोड्यो । देखाउदा देखाउदै उसले हातै हातबाट दुइवटा चादिका औंठी चट पारिसकेछ । चोरले बडो राम्ररी हातको सफाइ गरिसकेको थियो । उसलाई खुब रिस उठ्यो, तत्कालै पुलिसलाई बोलाएर चोरको जिम्मा लगाउन सक्थी तर उसले त्यसो गरिन । किनकी, जानिजानी चोरलाई चोर्न दिएकी उसले हो । उसलाई त हेर्नु थियो, भलादमी चोर हुन्छ की हुदैन ? उसको अनुमान सही हुन्छ की गलत ? ।

दुबै औठीको मुल्य अमेरिकी डलर पचहत्तर गएको भन्दानी उसलाई आफ्नो गलत अनुमानप्रति पश्चाताप भयो । त्यो मान्छेलाई त्यती धेरै आदर गरी गफ गरेर बेकार समय फालिछु भन्नेमा अफसोच लाग्यो ।

उतिनैखेरी पसलमा अर्को ग्राहक आयो, उसको ध्यान नयाँ ग्राहकतर्फ मोडियो । चोर पनि यहि मौकामा उम्केछ त्यहाँबाट ।

मन्दीरालाई खिन्न लागिरह्यो । पसल बन्द नगरुन्जेल त्यही ग्राहकको अनुहार घुमिरहयो उसको आँखामा । त्यस साँझ नमिठो अनुभवसँग पसल बन्द गरी उसले । साँचो ब्याग भित्र राख्न लाग्दा ढोका संगैको झ्यालमा उसको आँखा पर्यो । चोर ग्राहकले देखाएको अगीको ती दुबै किताब थपक्क रखिएको थियो त्यहाँ । आश्चार्य मिस्रित रिस उठ्यो उसलाई । माता सरस्वतीको स्वरुप झलक्क भएर मात्रै नत्र टिपेर ट्रयासक्यानमा हाल्दिउँ जस्तो लागेकोथ्यो उसलाई । किताबलाई नदेखे जस्तोगरी उ सरासासर पार्क गरिरहेको आफ्नो गाडीतर्फ लम्किई ।