२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भलादमी चोर

भलादमी चोर
अ अ+ अ-

क्रिसमस भर्खरै सकिएको थियो, ब्यापार ब्यवसायको मन्दीले ग्वाम्ल्वाङ्ग अँगालो मारेको थियो अमेरिकालाई । त्यसो त गर्मी हुने ठाउँ तर जनवरीको जाडोसँग कामिरहेको थियो टेक्सासको ह्यूस्टन शहर । चाँदिका गहनापसल कुरेर बसिरहेकी थी मन्दीरा । घन्टौं भैसकेको थियो ग्राहक नआएको । हाई, हाई गर्दै बारम्बार घडी हेर्नु बाहेक अर्को बिकल्प थिएन उसँग । समय काट्न मुश्किल परेको बेला एउटा बडो भलादमी ग्राहक पसल भित्र पस्यो ।

उमेरले पैसठ्ठी नागिसकेको होला तर प्रभावशाली देखिन्थ्यो उसको ब्यक्तित्व । अग्लो कद, ठुला ठुला कैला आँखा गोरोपनमा मिसिएको रातो बर्ण, गर्धनसम्म लर्किएका कैला कपाल, समग्रमा गम्भीर तर आकर्षक थियो उ । दार्शनिक जस्तो !

गफ सुन्न, गर्न पाए कै चाहिदैन थियो मन्दीरालाई । झन हेर्दै बुद्धिजिबी लाग्ने भलादमी उसको अगाडि उभिएपछी के चाइयो र ? मन्दीरालाई समय बिताउने यो राम्रो अवसर थियो , ग्राहक अनी गफ । सामान्य औपचारिकतापछि ग्राहाकलाई सोधी उसले – हाउ क्यान आइ हेल्प यू ? व्हाट डु यू वान्ट टु सी सर ?

आइ लाइक टु सी सम जेम्स स्टोनश , क्यान यू सो मी ? ( आफूले लगाएको चाँदिका औंठीहरूमा जडिएका रत्नहरू देखाउदै ) – ग्राहकले सोध्यो ।

स्टोनहरू देखाउदा ग्राहकको नामदेखि कामसम्म सोधी उसले । ज्याक हेनरिक थियो ग्राहकको नाम । जर्मनको एउटा सामाजिक संगठनमा काम गर्दो रहेछ । दुई महिना सेमिनारमा भाग लिन आएको रहेछ उ अमेरिका । अमेरिका घुमाइको आनन्द उठाइरहेको थियो उ सेमिनार सकेर । ती स्टोनहरू देखाउदै गर्दा जर्मन र अमेरिकी ईतिहास, समाज परिबेशका कुराहरू भयो उनिहरु बिच । व्हाइट हाउसदेखि हिटलरको नुरिनबर्गसम्मका चर्चा पनि भए । मन्दिरा उसका कुराहरु खुब चाख दिएर सुनिरहेकी थीइ । बिस्तारै र कम बोल्ने त्यो ग्राहक साँच्चै दार्शनिक जस्तो लाग्थ्यो हेर्दा । मन्दीरालाई त्यो दार्शनिक जस्तो देखिने ग्राहकबाट अझ धेरै कुरा जान्ने मन भैरहेको थियो । जीवन दर्शनको कुरा सुन्ने चाँहाना भैरेहेथ्यो । कुरैकुरामा आफू पनि किताबहरू खुब पढ्न रुचाउने बताइ उसले । ग्राहकले आफूले भिरेको झोलाबाट दुइवोटा पुस्तक निकाल्यो र देखायो । दुबै पुराना जर्मनी उपन्यास थिए ।

आधा घन्टाभन्दा बढि नै उनिहरुबीच कुराकानी भैसकेको थियो । उ प्रश्नको गोलमटोल जबाफ दिन्थ्यो र बेप्रसँगको कुराहरु गर्थ्यो । सुरुमा देख्ने बित्तिकै कस्तो उत्त्साह जागेको थियो उसलाइ त्यो ग्राहकप्रति दार्शनिक नै होला भनेर । तर सोचे अनुसारको बौद्धिकता ग्राहकमा नभएको अनुभव हुन थाल्यो मन्दिरालाई । बुझ्न कठिन लाग्दै गइरहेको थियो उसलाई त्यो ग्राहक । हुन त मानिसलाई सजिलै बुझ्न कहाँ सकिन्छ र ! दार्शनिक त यस्तो हुन नपर्ने मनमनै भन्थी उ । तर उसले साँच्चै दार्शनिकलाई पहिले भेटेकिनै पनि कहाँ थी र ? किताबहरुमा बाहेक । पसलको योदेखि त्यो कुनासम्म सबै थोक हेर्न भ्याइसक्दा पनि त्यो ग्राहकले किन्ने प्रयास नगरेको देख्दा भने दार्शनिकप्रतिको उसको भ्रम घट्दै जान थाल्यो । एउटै समान दोर्याइ तेर्ह्याइ देखाउ भन्दा संकोच नमान्ने ग्राहकप्रति शँका लाग्न थाल्यो । दार्शनिक वा ठुलै बिद्द्वान मान्छे होला भनेर त्यत्रो सम्मान दिएकी उसले । नरम र मिठो लवजमा कुरा गरेकी थीइ उसले ।

के आश्चार्य ! जर्मनी ग्राहक त आँखा छलेर हात लामो पार्ने प्रयत्न पो गर्दै रहेछ । ट्रेमा राखिएको औंठीहरू आफ्नो फैलिएको हत्केलाभित्र लुकाउने कोशिश गर्दै थियो उ । अगिदेखी यो हेरुम र त्यो हेरुमको खेल त बल्ल बुझी ! उसलाई रिस उठेर आयो । देखाउदिन भन्न नी नमिल्ने, कति देखाउनु ? नानाथरी हेरेर दिक्क पार्नुसम्म पार्यो । ग्राहकसँग उसको गफको सिलसिला अगिनै खतम भैसकेको थियो । अब उसलाई यो मात्र हेर्नु थियो , उसले सज्जन ठानेको ब्यक्ति कुन हदसम्म झर्न सक्ने रहेछ । वाच यन्ड सी को फर्मुला अबलम्बन गरि उसले ।

एउटा फरक अनुभव भैरहेथ्यो । चोरले चोर्दैछ भन्ने उसलाई थाहा थियो र त्यो चोरलाई पनि मन्दीराले थाहा पाइरहेकीछे भन्ने अनुमान थियो । न उसले चोरलाई रोक्न सकी , न चोरले चोर्ने प्रयाशलाई छोड्यो । देखाउदा देखाउदै उसले हातै हातबाट दुइवटा चादिका औंठी चट पारिसकेछ । चोरले बडो राम्ररी हातको सफाइ गरिसकेको थियो । उसलाई खुब रिस उठ्यो, तत्कालै पुलिसलाई बोलाएर चोरको जिम्मा लगाउन सक्थी तर उसले त्यसो गरिन । किनकी, जानिजानी चोरलाई चोर्न दिएकी उसले हो । उसलाई त हेर्नु थियो, भलादमी चोर हुन्छ की हुदैन ? उसको अनुमान सही हुन्छ की गलत ? ।

दुबै औठीको मुल्य अमेरिकी डलर पचहत्तर गएको भन्दानी उसलाई आफ्नो गलत अनुमानप्रति पश्चाताप भयो । त्यो मान्छेलाई त्यती धेरै आदर गरी गफ गरेर बेकार समय फालिछु भन्नेमा अफसोच लाग्यो ।

उतिनैखेरी पसलमा अर्को ग्राहक आयो, उसको ध्यान नयाँ ग्राहकतर्फ मोडियो । चोर पनि यहि मौकामा उम्केछ त्यहाँबाट ।

मन्दीरालाई खिन्न लागिरह्यो । पसल बन्द नगरुन्जेल त्यही ग्राहकको अनुहार घुमिरहयो उसको आँखामा । त्यस साँझ नमिठो अनुभवसँग पसल बन्द गरी उसले । साँचो ब्याग भित्र राख्न लाग्दा ढोका संगैको झ्यालमा उसको आँखा पर्यो । चोर ग्राहकले देखाएको अगीको ती दुबै किताब थपक्क रखिएको थियो त्यहाँ । आश्चार्य मिस्रित रिस उठ्यो उसलाई । माता सरस्वतीको स्वरुप झलक्क भएर मात्रै नत्र टिपेर ट्रयासक्यानमा हाल्दिउँ जस्तो लागेकोथ्यो उसलाई । किताबलाई नदेखे जस्तोगरी उ सरासासर पार्क गरिरहेको आफ्नो गाडीतर्फ लम्किई ।