२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अज्ञात रोगले जुम्लाको हिमा गाउँपालिकामा २३ भेडा मरे



अ+ अ-

कर्णाली । जुम्लाको हिमा गाउँपालिकामा अज्ञात रोगले २३ भेडा मरेका छन् ।

सो पालिकामा पर्ने नदै पाटन र ठाकुरपानीमा भेडा मरेको स्थानीय वीरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले आफ्ना १०, कर्णबहादुर शाहीका छ, अकलबहादुर शाहीका चार र जिरबहादुर शाहीका तीन वटा भेडा मरेको बताउनुभयो ।

“भेडामा पातलो दिसा हुने, ज्वरो आउने, काप्ने, रिङ्गटा लाग्ने, झोक्राउने समस्यापछि मृत्यु हुने गरेको छ,” उहाँले भन्नुभयो, “यो तीन दिनमा १० र एक महिनामा २३ भेडा मरिसकेका छन ।” यसरी भेडा मर्न थालेपछि उपचारका लागि पशु प्राविधिकलाई खबर गरिएको उहाँको भनाइ छ ।

हिमा गाउँपालिकाका पशुशाखा प्रमुख नरसिङ थापाले त्यस क्षेत्रमा पशु प्राविधिक पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार औषधि सकिएकाले स्थानीय तहमा खरिद गर्ने तयारी भइरहेको छ । औषधि अभावले हिमामा समस्या भइरहेको किसानको गुनासो बढरिहेको छ ।  उहाँले उपचार तथा रोकथामका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लामा औषधिको माग गरिएको बताउनुभयो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख ज्ञानेन्द्र बुढ्थापाले स्थानीय तहमा रहेको पशु शाखाले पहिचान गरेको रोगका आधारमा औषधि पठाउने जानकारी दिनुभयो । भेडा मर्न थालेपछि भेडीगोठ नदै पाटनबाट कालाकाटियातिर सारिएको स्थानीय किसानले जानकारी दिएका छन् । रासस