१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको शुरुवात हुनेछ: उपप्रधानमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताउनु भयो । समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताउनु भयो । सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताउनु भयो । उहाँले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तिर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोवल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिवद्ध रहेको बताउनु भयो ।