२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले जलाए प्रदेश योजना आयोगको गाडी



अ+ अ-

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

आइतबार बिहान विद्यार्थीहरूले क्याम्पस अगाडि सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा तोडफोड गरी आगजनी गरेका हुन् ।

रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको भन्दै विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो ।

विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका प्रहरीले जनाएको छ ।