२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको भारत भ्रमण, सद्भाव कि कूटनीति ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आज नयाँदिल्ली जाँदैछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी र उच्चपदस्थ सरकारी अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल आज राति नयाँ दिल्लीमै बस्ने कार्यक्रम छ । उनी भोलि फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बनेका छन् । उनले आज साँझ सवा ७ बजे सपथ लिँदैछन् । मोदीको सपथग्रहण कार्यक्रममा विदेशी पाहुनासहित ८ हजार बढीको सहभागिता रहने बताइएको छ ।

प्रधानमन्त्री दाहाल मोदीको सपथ समारोहमा सहभागी हुन भारत जाने भनिए पनि यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । मोदी प्रधानमन्त्री बन्ने निश्चित नै नभई प्रधानमन्त्री दाहाल भारत जाने चर्चा चलिसकेको थियो ।

प्रधानमन्त्री दाहालले भारतसँगको सम्बन्ध मजबुद बनाउन चाहेका छन् । त्यति मात्र नभएर अब मोदी नै प्रधानमन्त्री भएपछि व्यक्तिगतसम्बन्ध पनि बलियो बनाउने चाहना दाहालको छ । मादीको गठबन्धनले बहुमत हासिल गरेलगत्तै दाहालले फोन गरेर मोदीलाई बधाई दिएका थिए ।

नेपालको राजनीतिमा भारतको प्रभाव पर्छ भन्ने भाष्यबाट प्रधानमन्त्री दाहाल मुक्त छैनन् । त्यही भएर उनी भारतीय पक्षसँग सम्बन्ध थप सुधार गर्न चाहिरहेका छन् ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच आजै साँझ नयाँ दिल्लीमा भेटवार्ता हुने छ । भेटमा नेपाल र भारतबीच देखिएका विवाद समाधानका बारेमा छलफल हुने छ ।