२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छु: मुख्यमन्त्री सोडारी



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उहाँले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राख्नुभयो । उहाँले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताउनुभयो । “प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैँ सरकारलाई सहयोग गर्न तयार छ । बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाउ पु¥याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ”, उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले वित्तीय हस्तान्तरण नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले विकास आयोजना जनताको घरदैलोमा पुग्नेगरी बजेट विनियोजन हुनुपर्नेमा समेत जोड दिनुभयो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले बजेट अभावमा कृषि मन्त्रालयले सोचेजस्ता काम गर्न नसकेको बताउनुभयो । “एकातिर बजेटको अभाव छ, अर्कातिर कर्मचारी छैनन्, कसरी काम गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, प्रदेशका मुख्यसचिव, प्रदेश सचिवहरू, अधिकारकर्मी, विभिन्न विषयका विज्ञहरू, सञ्चारकर्मीलगायतले विभिन्न विषयहरूमा आ–आफ्नो धारणा र सुझाव व्यक्त गरेका थिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सहभागीलाई स्वागत गर्नुभएको थियो । रासस