• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई पहिलो पटक हरायो



काठमाडौँ । टी–२० विश्वकप २०२४ को १५ औं खेलमा बंगलादेशले २०१४ को च्याम्पियन श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा श्रीलंकाको यो लगातार दोस्रो हार हो । टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध बंगलादेशको यो पहिलो जित हो । यसअघि दुई खेल भएका थिए जसमा दुवै खेल श्रीलंकाले जितेको थियो ।

डलासको ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएर बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

बंगलादेशका लागि तोहिद ऋदोयले ४०, लिटन दासले ३६, महमुदुल्लाहले १६ रन जोडे । बलिङतर्फ श्रीलंकाका नुवान तुषाराले ४, वानिन्दु हसरंगाले २ तथा मथिसा पथिराना र धनञ्जय डी सिल्भाले १–१ विकेट लिए ।

त्यसअघि श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन जोड्यो । उसका लागि पाथुन निसान्काले ४७, धनञ्जय डि सिल्भाले २१, चारिथ असलान्काले १९ र कुशल मेन्सिले १० रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान र रिसद हुसेनले ३–३, तस्किन अहमदले २ तथा तान्जिम हसन सकिबले १ विकेट लिए ।