५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज फेरी नयाँ रेकर्ड बनाएको छ । हिजो मात्रै रेकर्ड बनाएको सुन आज तोलामा १ हजार रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार नौ सय रूपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

भन्सार कर वृद्धि र अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले स्थानीय बजारमा यसको मूल्य बढेको जनाइएको छ ।