२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हार्ने डरले मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट’



अ+ अ-

काठमाडौं । तनहुँको ब्यास नगरपालिकाको दुई वर्षअघि भएको निर्वाचनको पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेश रोक्न माग गर्दै मेयर बैकुण्ठ न्यौपाने सर्वोच्चमा अदालतमा पुगेपछि मेयरका प्रत्यासी दीपकराज जोशीले आपत्ति जनाएका छन् ।

दीपकराज जोशीले हिजो एक व्यक्ति जारी गर्दै मेयर न्यौपानेले कपोलकल्पित आरोपलगाएको र समाजमा भ्रम सिर्जना खोजेको आरोप लगाएका छन् । उनले पुन: मतगणना गर्न उच्च अदालतले दिएको आदेशको सम्मान नगरी पुन: मतगणना गर्नु हुँदैन भनेर सर्वोच्चमा निवेदन दिनु नै धाँधली भएको कुरालाई पुष्टि गर्ने दाबीसमेत गरेका छन् ।

जोशीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘पूर्ण मतगणना भएपछि हार्ने निश्चित भएपछि आत्तिएर झुट र भ्रमको खेती गर्ने हरु बाट सतर्क रहनु होला । मतगणना हुँदा मेरो फ्रन्टलाइन अस्पतालमा उपचार हुँदै थियो । त्यसैले मतगणनामा हार्ने स्थिति देखिए पछि अन्त्यमा म मतगणना स्थलबाट बाहिर निस्केको भन्ने अभिव्यक्ति सरासर गलत हो। कपोलकल्पित र भ्रामक हो ।’

विज्ञप्तिमा जोशीले अगाडि भनेका छन्– ‘यदि निष्पक्ष मतगणना भएको भए पुन: मतगणना गर्दा पहिला आएको जति नै भोट आउँछ । त्यसकारण पुन: मत गणना गर्न डराउनुपर्ने कुनै कारण देखिँदैन। यसबाट पनि प्रष्ट हुन्छ, पहिलोचोटि मतगणना गर्दा धाँधली भएको छ । उच्च अदालतले नै निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जोड्दा जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ । मतगणना नमिलेको प्रष्ट देखिए पछि पुन मतगणना गर्नुपर्ने भनेर मुद्दा फैसला गरिसकेपछि पनि विपक्षीहरूले पुन मतगणना गर्नु हुँदैन भनेर सर्वोच्चमा स्टे अर्डरको लागि निवेदन दिनु भनेको धाँधली भएको कुरालाई प्रष्ट पार्नु हो ।’
उनले ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई आधारविनाका कपोकल्पित कुरा नगर्न र समाजलाई भ्रममा समेत नपार्न आग्रह गरेका छन् ।

न्यौपानेले पुन: मतगणना रोक्न माग गर्दै दायर रिटको सुनुवाइ आइतबारका लागि तोकिएको छ । उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ ।

असार २ गते बिहान १० बजेदेखि पुन: मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।