अमेरिका ।अमेरिकामा ट्रम्प समर्थकद्धारा संसद भवनमा भएको हमला र तोडफोड तथा झपडमा परि चार जनाको मृत्यु भएको छ । प्रर्दशनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागी एक व्यक्तिको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’का कारण निधन भएको हो । प्रहरीको गोली लागीसैन डिएगो निवासी एसली बाविको निधन भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तोेडफोड तथा आक्रमणमा सग्लन भएको आरोपमा प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ ।

नवनिर्वाचित राष्ट्रपति जो वाईडेनको जीतको पुष्टि गर्न संसदमा छलफल भै रहेको समयमा वर्तमान राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवन भित्र पसेर आक्रमण गरेका हुन् ।











