१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नासाउको ड्रप-इन पिच विवादमा, भारत–पाकिस्तानको खेलअघि मर्मत गरिदै

नासाउको ड्रप-इन पिच विवादमा, भारत–पाकिस्तानको खेलअघि मर्मत गरिदै
अ अ+ अ-

एजेन्सी । न्युयोर्कको नासाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खतरनाक पिचलाई लिएर विवाद भएको छ । यहाँ खेलिएका खेलमा लगातार कम स्कोर बनेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का लागि चिन्ताको विषय बन्दै गएको छ ।

बुधबार भारत र आयरल्यान्डबीचको खेलमा ड्रप-इन पिचमा असामान्य बाउन्स देखिएको थियो, जसका कारण भारतीय कप्तान रोहित शर्मा र विकेटकिपर ऋषभ पन्त घाइते समेत हुन पुगेका । रोहित चोटग्रस्त भएर रिटायर हुनु पर्यो। जुन ९ मा यहि मैदानमा भारत–पाकिस्तान हाईभोल्टेज खेल हुँदैछ ।

नासाउको ड्रप-इन पिचमा दुई विश्वकप खेलहरू खेलिएकोमा कुनै पनि टोलीले १०० रन भन्दा बढी बनाउन सकेको छैन। यस मैदानमा बुधबार भएको भारत र आयरल्याण्डको खेल २८.२ ओभरमा मात्र सकिएको थियो । यहाँ टस हारेर ब्याटिङ गरेको आयरल्याण्डको टोली १६ ओभरमा ९६ रनमा अलआउट भएको थियो भने भारतले २ विकेट गुमाएर १२.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

पहिलो खेलमा श्रीलंकाको टोली ७७ रनमा अल आउट भएको थियो भने दक्षिण अफ्रिकाले १६.२ ओभरमा लक्ष्य पछ्याएको थियो । यस खेलमा १४ मध्ये ९ विकेट फास्ट बलरले लिएका थिए ।

आईसीसीले भारत–पाकिस्तानको म्याचअघि नै ड्रप इन पिच मर्मत गर्न थालेको छ । बुधबार राति भारत र आयरल्याण्डको खेलपछि आईसीसी पिच क्युरेटर र कर्मचारीले पिच मर्मत गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविड र विक्रम राठोडले पनि क्युरेटरलाई निर्देशन दिइरहेका बताईएको छ ।

भारत–आयरल्याण्ड म्याचमा असामान्य बाउन्स भएको थियो । जुन अहिले विवादित भएको छ ।जसप्रित बुमराहले आयरल्याण्डको छैटौं ओभरमा बलिङ गर्दा बल असामान्य तरिकाले बाउन्स भएको थियो। बुमराहले सर्ट लेन्थमा फ्याकेका बल बाउन्स भएर लोर्कन टकरको हेल्मेटमा लागेपछि उनी क्याच आउट भए ।

त्यसपछि, भारतीय इनिङ्सको १० औं ओभरमा मार्क एडेयरको बल रोहित शर्माको काँधमा लागेर उनी रिटायर हर्ट भएका थिए।पछि ११ औं ओभरमा जोशुआ लिटिलको पहिलो बल असामान्य बाउन्सका कारण ऋषभ पन्तको कुहिनोमा लागेको थियो । यस्तै, १३ औं ओभरमा म्याकार्थीको बल बाउन्स भएपछि पन्तको छातीमा लागेर घाईते भएका थिए ।

नासाउको पिचमा किन हुँदैछ असामान्य बाउन्स ?

अष्ट्रेलियाको एडिलेडमा तयार पारिएको यस रंगशालामा ड्रप-इन पिचहरू प्रयोग गरिएको छ। मैदानमा बस्नका लागि ड्रप-इन पिचहरू राम्ररी रोल गरिएको थियो, तर गत हप्ता खराब मौसमका कारण पिचहरू रोल हुन सकेका छैनन् । जसको कारणले गर्दा पिचमा असामान्य बाउन्स भईरहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्: टी–२० विश्वकपको लागि अमेरिकाले बनायो मोड्युलर स्टेडियम, अष्ट्रेलियाबाट मगाईयो पिच