१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ



Symbolic picture
अ+ अ-

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पुगि आफूमाथि बलाकार भएको भन्दै उजुरी गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले बताए । उजुरी लगतै प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।

शिवाकोटीले बालिकालाई पढाइदिने भनेर सानै उमेरमा घरेलु कामदारको रुपमा आफ्नो घरमा राखेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।