५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ



अ+ अ-

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा पुगि आफूमाथि बलाकार भएको भन्दै उजुरी गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले बताए । उजुरी लगतै प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको हो ।

शिवाकोटीले बालिकालाई पढाइदिने भनेर सानै उमेरमा घरेलु कामदारको रुपमा आफ्नो घरमा राखेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।