२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा ट्राफिक प्रहरीको सामुन्ने यातायात सेवाका कर्मचारीहरुबीच कुटाकुट



अ+ अ-

काभ्रे । बनेपामा दुई यातायात सेवाका कर्मचारीहरुबीच झडप भएको छ ।

अरनिको यातायात सेवा प्रालिका कर्मचारीहरुले मूल सडकमै बस तेर्स्याएर चक्काजाम गरेपछि विवाद भएको थियो । सोहिक्रममा हिमाल–तराई यातायात सेवा प्रालि र अरनिको यातायातका कर्मचारीहरुबीच कुटाकुट भएको हो ।

अरनिको यातायातको सिन्डिकेट भएको भन्दै हिमाल–तराई लगायतका यातायात व्यवसायीले विरोध गर्दै आएका छन् । सोही विषयमा हिजो ओखलढुंगा र काठमाडौंमा विवाद समेत भएको थियो । यहि कुरामा अरनिको यातायातले बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गरेको थियो ।

बीच बाटोमै बस तेर्स्याएर चक्काजाम गरेपछि यातायात खुलाउन ट्राफिक प्रहरी पुगेका थिए । प्रहरीकै सामुन्ने उनीहरुबीच कुटाकुट भएको थियो ।

अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।




भर्खरै