• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न राष्ट्रपतिको आह्वान



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिब्र रुपमा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरु बढेको बताउनु भयो । उहाँले विपद्का कारण तल्लो तटीय क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिएको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि अब ढिला गर्ने समय नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिब्र रुपमा हाम्रा हिमश्रृंखलाहरु र हिमतालहरुमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो लगायतका प्रकोपहरुले त्यस क्षेत्रका बासिन्दाका लागि आधारभुत जीवनयापनका चुनौतिहरु थपिने गरेका छन् । गत वर्षको अक्टोबर महिनामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको भ्रमण गर्नुभएको विषयमा यहाँहरु विदितै हुनुहुन्छ । भ्रमणका दौरान उहाँले नेपालका हिमालले भोग्नुपरेको संकटका लागि विश्वसामु अझै जोडदार ढंगले प्रश्तुत गर्नुभएको थियो ।’

‘उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाल लगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भुमरीमा फसेका छौँ । म आह्वान गर्न चाहन्छु, यस गम्भीर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरुको सम्बोधनमा नेपालले राष्ट्रिय स्तरमा विभिन्न कार्यहरु गर्दै आएको छ । ति मध्ये हालै जारी नेपालको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकारात्मक असर न्युन गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशिलता हाँसिल गर्न सहयोग गर्नेछ । साथै उच्च श्रृंखला नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड, तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित किसिमको सम्बोधन हुनेछ ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको अवसरलाई जीवन समृद्धि, आशाको शक्तिशाली प्रतिकको रुपमा बिरुवा रोपेर मनाउन आग्रह गर्नुभयो । वातावरण संरक्षणका लागि चौतारी र पोखरीको सभ्यताको जगर्ने गर्न आग्रह गर्नुभयो ।