• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि यस्तो देखियो – फोटोफिचर



काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ ।

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा खेल केहीबेरमै सुरु हुँदैछ ।

रंगशालामा नेपाली टोलीलाई साथ समर्थन दिन बाक्लो रुपमा दर्शकहरु उपस्थित भएका छन् । यसैबीच नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रिएरी रंगशालामा नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

तस्बिरः संगम बाँनिया, अमेरिका