१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिधा कुरा डटकममा प्रसारण भएको डार्क फाइलको अडिओ झुटो रहेको निष्कर्ष



अ+ अ-

काठमाडौँ । ‘सिधाकुरा डट कम’मा प्रसारण भएको ‘डार्क फाइल’ को अडिओ झुटो भएको पाइएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले साइबर ब्युरोका प्रमुखसमेत रहेका डिआइजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समिति बनाएको थियो । उक्त समितिले अडिओ झुटो भएको निष्कर्ष निकालेको हो ।

सिधाकुरा डट कमले अदालतका न्यायाधीश, केही वरिष्ठ वकिल र मिडिया सञ्चालकहरूलाई मुद्दा मिलाएको आरोप लगाउँदै उक्त अडिओसहितको समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च स्रोतका अनुसार छानबिन प्रतिवेदनमा सिधा कुरा डट कमलाई अडिओ दिने राजकुमार तिमिल्सिनाले गत वैशाख ५ गते बिहानतिर उक्त अडिओ आफै रेकर्डिङ गरेको उल्लेख गरिएको छ ।

अडिओ परीक्षण गर्दा तिमल्सिनाको बाहेक अन्य आरोप लगाइएका कसैसँग पनि मेल नखाएको प्रतिवेदनमा उल्लेख छ ।

सिधा कुरा डटकमले गत वैशाख १४ गते ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भनेर समाचार प्रसारण गरेको थियो ।

अडिओ प्रसारणभएपछि सर्वोच्चले अदालतको अवहेलना भएको भन्दै रिट दायर भएको थियो भने त्यसपछि सिधाकुराले उक्त सामग्री हटाएको थियो ।