६ असार २०८३, शनिबार
,
Latest
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढीमा नेकपा ओली समूहको वृहत आमसभा सुरु



अ+ अ-

धनगढी । नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाको अध्यक्षतामा आयोजना गरिएको नेकपा ओली समूहको आमसभा सुरु भएको छ । जनसभा धनगढीस्थित खुला मञ्चमा भइरहेको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहेको सो आमसभामा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य ४ मन्त्री पनि छन् । त्यस्तै सभामा नेकपा ओली समूहका कार्यकर्ताहरुको पनि ठूलो सहभागिता रहेको छ।

सभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र वन मन्त्री प्रेम आलेको सभागिता रहेको छ ।

प्रधानमन्त्री ओली सभामा सहभागी हुन बिहान धनगढी पुग्नु भएकाे थियाे । संसद विघटन भएपछि राजधानीमा आयाेजित केही कार्यक्रममा मन्तव्य राखेपछि पहिलाे पटक ओली उपत्यका बाहिर जानु भएकाे हाे । राजधानीमा सम्पन्न कार्यक्रमहरूमा उहाँले पार्टीभित्र प्रचण्ड-माधव समूहले निरन्तर असयाेग गरेपछि बाध्य भएर संसद विघटन गर्नु परेकाे भनाइ राख्नु भएकाे थियाे । 

नेकपाभित्र चरम गुटबन्दीकै अवस्थामा ओली धनगढी पुग्नु भएकाे हाे । उहाँले यहाँ पनि विपक्षीकाे भूमिकामा देखिएका नेकपाकै नेताहरूमाथि कटाक्ष गर्नुहुने अनुमान गरिएकाे छ ।प्रधानमन्त्री ओली समेत सुदूर पश्चिमका नेताहरूका लागि अग्नि परीक्षाका रूपमा याे भेला रहेकाे छ । भेलामा ठूलाे जनसमूह उपस्थित छ । यद्यपी प्रदेश स्तरमा नेता तथा कार्यकर्ताहरू निकै विभाजित छन् ।