१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लोकसभा: एनडीए २९८ सिटमा अगाडि, भाजपा ६० सिट पछाडी



अ+ अ-

एजेन्सी । भारतको ५४३ लोकसभा सीटहरू मध्ये ५४२ स्थानमा मतगणना जारी छ।

मतगणना जारी रहदा भाजपाले यसपाली बहुमत गुमाउने देखिएको छ । पार्टी ६० भन्दा बढि सिटले पछाडी रहेको छ । २०१९ मा भएको निर्वाचनमा पार्टीले ३०३ सीट प्राप्त गरेको थियो।

अहिलेको निर्वाचनमा एनडीएले सबैभन्दा बढि स्थानमा अग्रता कायम गरेको छ । । जारी मतगणनामा एनडीएले २९८ र आईएनडीआइएले २३३ सिटमा अग्रता कायम गरेको छ । उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा एनडीएको नतिजा कमजोर देखिएको छ ।

निर्वाचन आयोगको वेबसाइट अनुसार दिउँसो १ बजेसम्म बीजेपीले २४२, कांग्रेस ९४, सपा ३६, टीएमसी ३१, डीएमके २१, टीडीपी १६, जेडीयू १५, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडीले ४ सिट पाउने देखिन्छ । लोक जनशक्ति पार्टी रामविलासले ५ सिट, शिवसेना शिन्देले ७ सिट पाएका छन् ।

भारतमा बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो । अप्रिल १९ देखि जुन १ सम्म कुल ७ चरणमा भएको मतदान ४४ दिनसम्म चलेको थियो ।