२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लोकसभा: एनडीए २९८ सिटमा अगाडि, भाजपा ६० सिट पछाडी



अ+ अ-

एजेन्सी । भारतको ५४३ लोकसभा सीटहरू मध्ये ५४२ स्थानमा मतगणना जारी छ।

मतगणना जारी रहदा भाजपाले यसपाली बहुमत गुमाउने देखिएको छ । पार्टी ६० भन्दा बढि सिटले पछाडी रहेको छ । २०१९ मा भएको निर्वाचनमा पार्टीले ३०३ सीट प्राप्त गरेको थियो।

अहिलेको निर्वाचनमा एनडीएले सबैभन्दा बढि स्थानमा अग्रता कायम गरेको छ । । जारी मतगणनामा एनडीएले २९८ र आईएनडीआइएले २३३ सिटमा अग्रता कायम गरेको छ । उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा एनडीएको नतिजा कमजोर देखिएको छ ।

निर्वाचन आयोगको वेबसाइट अनुसार दिउँसो १ बजेसम्म बीजेपीले २४२, कांग्रेस ९४, सपा ३६, टीएमसी ३१, डीएमके २१, टीडीपी १६, जेडीयू १५, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडीले ४ सिट पाउने देखिन्छ । लोक जनशक्ति पार्टी रामविलासले ५ सिट, शिवसेना शिन्देले ७ सिट पाएका छन् ।

भारतमा बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो । अप्रिल १९ देखि जुन १ सम्म कुल ७ चरणमा भएको मतदान ४४ दिनसम्म चलेको थियो ।