१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाईलटलाई कारबाही प्रकरणः महानिर्देशक अधिकारीको मनमौजी निर्णय



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको ठाडो निर्देशनमा नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएपछि अन्य पाईलट तथा उडान सम्बद्ध कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले सोमबार उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको हो ।

पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

लामाले सामाजिक संञ्जमालमा उडानको समयको फोटो पोष्ट गरेको भन्दै स्पष्टिकरण सोधेपनि पन्तका बारेमा भने कुनै कारण नखुलाईएको उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

ती अधिकारीका महानिर्देशक अधिकारी कानूनको भन्दा पनि हुकुमीशैलीमा प्रस्तुत हुन थालेका छन् । नागरिक उड्डयन भित्रका अन्य समस्याहरुको निराकरण गर्ने भन्दा पनि बिषयहरुलाई बिषयान्तर गर्दे कर्मचारीहरुमाथी एक खालको शन्त्रास फैलाउने काम भै रहेको छ ।

नीजि विमान कम्पनीमा पाईलटहरु जाने क्रम तिब्र भइरहेका बेला कुनै गम्भिर दोष नदेखिएको बिषयमा कारबाहीको डण्डा नेपाल बायुसेवा निगमलाई अझै कमजोर बनाउने चाल रहेको ती अधिकारीले बताए ।

महानिर्देशक अधिकारीले केही समय अघि अन्तर्राष्ट्रिय विमानस्थलका ग्राउण्ड ह्याण्डलीङ पनि नेपाल बायु सेवा निगमबाट खोस्नु भएको थियो ।