१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश

‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान, पदम र सिम्रनको प्रवेश
अ अ+ अ-

काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि यस चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित भएका थिए।

यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पुरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले बताए। कँडेलका अनुसार प्रमुख भूमिकामा अझै दुई कलाकारको जरुरत रहेको छ।

यही चलचित्रबाट डेब्यु गर्न लागेका रिहान गिरी भुटानका नागरिक हुन्। उनी नेपाली गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करणको टप १० फाइनलिस्ट समेत हुन्। उनले यसअघि एक चलचित्रमा अभिनय गर्ने तय भएको तर प्रवेशाज्ञा (भिसा)को समय सीमाको कारण काम गर्न पाएका थिएनन्।

रिहान यो चलचित्रको प्रमुख पात्र मध्ये एक सशक्त भूमिकामा अनुबन्धित गरेको निर्देशक कँडेलले बताए। रिहानलाई नै यो भूमिकामा लिनुको पछाडि विभिन्न कारणहरू रहेको जसमा प्रमुख कारण स्क्रिप्टले मागेको चरित्र रहेको उनले बताए। ‘हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ। केही स्थापित कलाकारसँग पनि काम गर्ने विषयमा छलफल पनि भयो तर, हामीले एकदमै ‘फ्रेस’ महसुस हुने कलाकारको आवश्यकता देख्यौँ। अर्को कुरा हामीले ‘वेल टेस्टेड’ कलाकारबाट काम निकाल्न चलचित्र बनाउन लागेका होइनौँ, नेपाली चलचित्रमा युवा कलाकारको कमी महसुस भएपछि कोही कसैलाई त ल्याउनै पर्छ भन्ने लाग्यो,’ रिहानलाई प्रमुख भूमिमाका लिनुको कारण बताउँदै निर्देशकले भने, ‘त्यस कारण पनि रिहान गिरी र पारस बम ९कूल ब्वाय० जस्ता प्रतिभालाई अगाडी सारेका हौँ। त्यसमाथि पनि ‘होस्टेल’ चलचित्र शृङ्खलाको ‘लिगेसी’ पनि स्थापित कलाकारबाट चलेको नभई ‘स्टार मेकर’को रूपमा आइरहेको छ। यसलाई ‘मेन्टेन’ गर्नु पनि हाम्रो दायित्व रहन्छ। रिहानले नेपाल र नेपाली चलचित्रलाई अत्यन्तै प्रेम गर्ने रहेछन्। नेपाली चलचित्रमा उनको प्रवेश दुई देशको सम्बन्धको लागि पनि अत्यन्त महत्त्वपूर्ण छ।’

अर्को प्रमुख भूमिकामा अनुबन्ध भएका पदम तामाङ भारतको सिक्किमका स्थायी बासिन्दा हुन्। उनी सिक्किममा बहुचर्चित कमेडी कलाकार हुन् जो नेपालको पूर्वी क्षेत्रमा समेत अत्यन्तै चर्चित रहेका छन्। सोसल मिडियामा चर्चित रहेका उनका लाखौँ ‘फ्यान’ रहेका छन्। उनले यसअघि पनि केही नेपाली चलचित्रका स्क्रिप्ट पढेको तर चित्त नबुझेपछि काम नगरेको बताए।

‘होस्टेल ३’को स्क्रिप्ट अनुसार मंगोलियन पात्रको जरुरत परेकोमा हामीले बहुपक्ष विचार गरी पदमलाई प्रस्ताव गरेको निर्देशक कँडेलले बताए। ‘देशभरबाट कलेज पढ्न काठमाडौं आएर होस्टेलमा बस्दा विभिन्न समुदायका विद्यार्थीहरूको जमघट हुने र त्यहाँ आ(आफ्नै कथाहरू रहने भएकाले हामीले सबै समुदायबाट पात्र छनोट गरेका छौँ। किन पदम नै भन्ने विषयमा चाहिँ हामीलाई ‘अर्ग्यानिक’ र ‘लाउड’ पात्रको जरुरत थियो, ‘जिते’ नामक सो पात्रमा उनलाई छानिएको हो। उनी यति मौलिक छन् कि उनका हरेक गतिविधिमा बिछट्टै कला भेटिन्छ,’ कँडेलले बताए।

चलचित्रमा सशक्त भूमिकामा अनुबन्धित भएकी सिम्रन पन्तले मुम्बई र नेपालमा अभिनय प्रशिक्षण लिएकी छन्। उनको लक्ष्य चलचित्र नै भएता पनि ‘स्क्रिन टेस्ट’ र अभिनयको निखरताको लागि केही म्युजिक भिडिओ र एक दर्जन विज्ञापनमा अभिनय गरेकी छन्। नयाँ तर सशक्त अभिनय गर्न सक्ने र चलचित्रको लागि पात्र सुहाउँदो नायिकाको जरुरत रहेकोमा सिम्रनको लगाव र काम हेरेर यस चलचित्रमा लिएको निर्देशकको भनाई छ।

निर्देशक कँडेलले यस चलचित्रमा होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने बताएका छन्। यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताए।

‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। त्यस्तै, ‘होस्टेल रिटर्न्सुबाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। वि।सं। २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्स’ घरेलु बक्स अफिसमा सफल भएका थिए।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर कर्ण कार्की हुन्।