२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्याण्डसँग खेल्नुअघि युलेसस्थित पशुपतिनाथ र बौद्ध विहारको दर्शन गर्न पुगे नेपाली टोली



अ+ अ-

काठमाडौँ । आइसिसि टि २० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसावले सम्पूर्ण रुपमा राम्रो तयारी गरिरहेको बताउनु भयो । उहाँले नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताउनु भयो । उहाँले २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी रहेको बताउनु भयो । उहाँले । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारीको हिसावले हामी राम्रो तयारी गरेका छौँ । टिम एकदम उत्साहित छ । मलाई लाग्छ अब एक महिना दिनको तयारी छ । रिजल्ट राम्रै दिन्छ भन्ने छ । २०१४ को भन्दा धेरै गुणा राम्रो तयारी छ । त्यो बेलामा यस्तो खालको तयारी कम हुने गर्दथ्यो । अहिलेको टिमले पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा छ । खेलाडीहरुले खेलेर उत्कृष्ट प्रदर्शन गरेपछि मात्रै सबैतिरको ढोका खुल्ने हो । उच्च मनोबलका साथ खेल्नुस् भनेका छौँ । सब खेलाडी उत्साहित हुनुहुन्छ । टियुकै झल्को दिनेगरी दर्शकहरुको उपस्थिति हुनेछ ।’

उहाँले खेलाडीहरुलाई उच्च मनोबलका साथ खेल्न आग्रह गरेको र सबै खेलाडीहरु उत्साहित रहेको बताएनु भयो । उहाँले दर्शकको उपस्थिति पनि बाक्लो रहने बताउनु भयो ।