४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकट व्यवस्थापनसम्बन्धी जनशक्ति अब नेपालमै



अ+ अ-

काठमाडौं । नेपालमा संकट व्यवस्थापनको प्रभावकारिता बढेको छ । आवश्यक जनशक्ति उत्पादन हुन थालेपछि यसको प्रभावकारिता बढेको हो ।

नेपालमा समर्पण एकेडेमीले एक दशकदेखि संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँबाट उत्पादित जनशक्तिले नेपालभित्र आइपर्ने संकट व्यवस्थापन गर्दै आएका छन् ।

नेपालमा संकट व्यवस्थापनसम्बन्धी जनशक्ति नभएका बेला विदेशी विज्ञको भर पर्नुपर्ने अवस्था थियो । तर समर्पण एकेडेमीले संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गरेपछि नेपालमा अब जनशक्ति अभाव हुन छाडेको हो ।

पछिल्ला ५ वर्ष यता नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले आफ्ना अधिकृतहरुलाई संकट व्यवस्थापनको अध्ययन गर्न प्रोत्साहित गर्दै आएका छन् ।

विभिन्न सेमेस्टारमा अध्ययन गरिरहेका विद्यार्थीबीच आइतबार गरिएको प्रयोगात्मक अभ्यासको समापन समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले नेपाल धेरै प्रकारको विपद् र जोखिमले घेरिएर रहेकाले कुनै पनि बेला आइपर्ने संकटलाई व्यवस्थापन गर्न धेरै दक्ष र तालिम प्राप्त जनशक्ति आवश्यक रहेको बताए ।

समर्पण एकेडेमीका अध्यक्ष सनद बस्नेतले बल प्रयोग गरेर व्यवस्थापन गरिने पद्धति बिस्तारै परिवर्तन हुन थालेको बताए । संकट व्यवस्थापन नै पढेको जनशक्तिले गर्ने व्यवस्थापकीय कार्य गुणस्तरीय र प्रभावकारी हुने उनको भनाइ थियो ।