• १ श्रावण २०८१, मंगलवार
  •      Tue Jul 16 2024
  •   Unicode
Logo
Latest
★   हार्दिक पाण्ड्या टी–२० को कप्तान बन्ने, एकदिवसीयबाट लिए ब्रेक ★   बिहेमा खाना कम हुँदा रिसाए बेहुला, बेहुलीको परिवारसँग पैसा माग्न थालेपछि… ★   मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा ★   सिमलताल पहिरो: जवाहीरको परिवारमा परेको पीडा ★   सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्छु: प्रधानमन्त्री ओली ★   छोराको बिहेमा पानी झै पैसा खन्याएका मुकेश अम्बानीले त्यती नै पैसा कति दिनमा कमाउँछन् ? ★   अतिक्रमित सरकारी जग्गामा ‘हाइटेक नर्सरी’ ★   नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमाले काठमाडौंले दियो बधाई र शुभकामना

गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले महर्जनसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुमाथि १ अर्ब भन्दा बढीको बिगो दाबी गरिएको छ । फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि अख्तियारले सोमबार फाइल पेस गरेको अख्तियारले जनाएको छ ।

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो ।

राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ । राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बन हुने छन् ।