२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्छ – गगन थापा (भिडियो सहित)



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताउनुभएको छ । प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शुक्रबार भक्तपुरमा आयोजित बिरोध सभामा बोल्दै नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताउनुभयो । संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने कुरा कहिँकतै नलेखेको भन्दै उहाँले प्रधानमन्त्रीको कदम असंवैधानिकको साथै अनाधिकृत रहेको बताउनुभयो ।

संविधानमा नलेखेको कुरा सार्वजनिक पदाधिकारीले गर्न नपाउने भन्दै नेता थापाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानले अधिकार दिएको बाहेक केही गर्न नपाईने बताउनुभयो । कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ । सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उहाँले बताउनुभयो ।

नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उहाँको भनाई छ ।
नेता थापाले अदालतले संसद पुर्नस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गर्नुभयो । असंवैधानिक कदमका विरुद्ध कांग्रेस दह्रोगरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उहाँको भनाई छ । नेपाली कांग्रेसले सरकारको यस कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।