२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली नेता किमद्धारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह



अ+ अ-

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले शनिबार सो समाचार दिएको छ । 

उक्त समाचार समितिका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्यका लागि नेता अनले बताउनुभएको हो ।

उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौं काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिनुभएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उहाँले अमेरिकाले उत्तर कोरियासँगको सत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताउनुभएको हो ।

अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको छ । तर पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिनुभएको थिएन । 

उत्तर कोरियाली नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनमात्र अघि शनिबार यस्तो प्रतिक्रिया दिनुभएको हो ।  उहाँले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिनुभएको थियो । दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो सत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताउनुभएको थियो । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो । त्यसैले गएका कैयौँ दशकपछि पछिल्लो पटक करिब तीन वर्ष अघि भने उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियोे ।