१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि (पहिलो संशोधन) विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सो विधेयकको प्रतिवेदनमा पेश गर्नुभएको हो । संवैधानिका निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य विधि तथा संवैधानिक परिषदको कार्य सम्पादन गर्ने ऐन बनाउने कुरामा समितिमा सहमती जुटाउन सफल भएको सभापति खतिवडाले बताउनु भयो ।

उहाँले सो प्रतिवेदन तयार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका सम्बन्धित पक्षसँग छलफल गरिएको पनि जानकारी दिनुभयो ।