काठमाडौं । हरेक मानीसको इच्छा हुन्छ स्वस्थ र सुन्दर अनुहार होस् भन्ने ? तर, अनुहारमा चायाँ, पोतो, डण्डीफोर सुन्दर र स्वस्थ मुहारको बाधक बन्ने गर्छ ।
धेरै जसो महिला, विशेष गरी गर्भवती भएको बेलामा गाला, नाक, च्यापु, आँखा वरिपरी, र निधारमा खैरो धब्बा आउने गर्छ र पछि त्यो गाडा हुँदै जान्छ जसलाई बोलीचाली भाषामा चायाँ पोतो (कालो पोतो) भनिन्छ ।
तुलानात्मक रुपमा चायाँ पोतो १५–१६ वर्षदेखि ३८–४० वर्षका महिलामा बढी देखिन्छ । यसको अर्थ अन्य उमेर समूहका महिला र पुरुषमा नदेखिने भने होइन् । यस उमेर समूहका महिलामा हर्मोनको उतार चढाव बढी हुन्छ । त्यसको प्रभावले अनुहारमा चायाँ पोतो आउन सक्छ ।
साथै पेटको समस्या, कलेजो वा अन्य अंगको समस्या, अनिन्द्रा, घाममा बढी समय बस्नु, पानी कम पिउने, चर्को बत्तीको उज्यालोमा बस्ने, सौन्दर्यको लागि गुणस्तरहिन सामग्रीको प्रयोग, सन्तुलित खानाको कमी वा जंक फुडको बढी प्रयोग गर्नाले पनि अनुहारमा चायाँ पोतो आउँछ ।
विशेषज्ञहरूका अनुसार, कालो पोतो बाहिरी उपचारले मात्रै जाँदैन। प्रभावित छाला मात्र नभएर समस्या उत्पन्न गर्ने अन्य कारकको उपचारसमेत आवश्यक हुन्छ। कहिलेकाहीँ कुनै उपचार नगरे पनि आफैँ हट्दैसमेत जान्छ। अनुहार आफैँ सफा हुँदै आउँछ।
यसरी हटाउन सकिन्छ अनुहारमा आएका चायाँ, पोतो, डण्डीफोरलाई
१. अनुहारलाई सूर्यको प्रत्यक्ष किरणबाट बचाउने । घाममा निस्कदा गुणस्तरीय सन्स क्रिम प्रयोग गर्ने ।
२. ग्याष्ट्रिक लयायतका पेट सम्बन्धी रोग भए उपचार गर्ने ।
३. सफा र शुद्ध पानी प्रशस्त मात्रामा पिउने । जंक फुडको प्रयोग नगर्ने ।
४. अनुहारमा डण्डीफोर लगायतका घाउ खटिरा आए जथाभावी नकोट्याउने ।
५. घर बाहिरबाट आएपछि सफा पानीले मुख धुने ।
६. क्षणिक सौन्दर्यको लागि जथाभावी सौन्दर्य प्रदायक सामानको प्रयोग नगर्ने ।
७. लामो समयसम्म पनि चायाँ पोतो नहटे छाला रोग विशेषज्ञसँग परामर्श लिने ।











