७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

डा.महतले भने– यो सरकार तानाशाही नै थियो, आज परिणाम देखियो

डा.महतले भने– यो सरकार तानाशाही नै थियो, आज परिणाम देखियो
अ+ अ-

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशहरण महतले काँग्रेसले यो सरकार तानाशाही हो भनेर घोषणा गरेको स्मरण गर्दै त्यसको परिणाम अहिले आएर देखिएको बताएका छन् । 

आज नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ खद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने– हामीले त यो कम्युनिष्ट सरकार बनेदेखि नै यो तानाशाही सरकार हो भनेका थियौँ, तर जनताले पत्याएनन् आज स्पष्टै देखियो । 

कम्युनिष्ट सरकार अधिनायकवादी र तानाशाही हुन्छ भन्ने काँग्रेसको शुरुकै अनुभव हो उनले भने । त्यसैले हामीले शुरुमै विरोध गर्दा जनताले यो सरकारले केही गथ्र्याे कि काँग्रेसले विरोध गर्यो भन्ने गरेका थिए, जुन कुरा भ्रम मात्र थियो । 

आफूलाई झुक्याएको कम्युनिष्ट सरकार अब भने नेपाली जनताले छर्लंग देखेको उनले बताए । शुरुमा काँग्रेसले विरोध गर्दा काँग्रेसले हतार गर्यो भनेका नेपाली जनता अहिलेआफू सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले अब देशमा कम्युनिष्ट सर्वसत्तावादका धेरै कुरा खोलेको उनले जिकीर गरे । 

यो सरकारका अनियमितता र भ्रष्टाचारका काण्डैकाण्ड रहेको बाहिर आइरहे पनि  आफू प्रधानमन्त्री हुने आशमा रहेर प्रचण्ड र माधव नेपालले विरोध नगरेको तर जब ओलीले नछोड्ने चाल पाएपछि तबमात्र पार्टी बैठकमा प्रतिवेदन नै लेखेर प्रचण्डले ओली सरकारका भ्रष्टाचार खोलेको डा.महतले बताए । 

ओली कुनै हालतमा सत्ता छोड्ने मानसिकतामा रहेको तर प्रचण्ड र माधवलाई सत्ता चाहिएको कारणले आज देश यसरी राजनीतिक दुर्घटनामा परेको उनले बताए ।

उनले भने– हामीलाई आशंका छ ओलीले चुनाव गर्न सक्दैनन् । तर सर्वाेच्चको निर्णयसम्म मात्र हामीले पर्खिएको हो त्यसपछि हामी जनतामाझ जान्छौँ । काँग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको र सर्वाेच्च अदालतको फैसला आएपछि भने चुनावलाई अवसरका रुपमा लिएर काँग्रेस जनतामाझ जाने बताए । 

नेपाली काँग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि काँग्रेसले सर्वाेच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको उनले बताए ।

यो सरकार इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारी रहेको उनको आरोप थियो । डा महतले भने– अहिले लाख, करोडको कुरा हुदैन देशमा भ्रष्टाचार अरबमा भइरहेको छ । देशलाई लकडाउन गर्ने, संसद बन्द गरिदिने अनि निस्फिक्री भ्रष्टाचार गर्ने यही हो सरकारको काम । सरकारले सत्ता संघर्षमै सम्पूर्ण ध्यान लगाएको तर जनतालाई चुनावमा दिएका आश्वासनका बारेमा कुनै वास्ता नै नगरेको डा.महतको भनाई थियो । 

सो सभालाई नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ का क्षेत्रीय सभापति अर्जुन न्यौपाने तथा नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक लगायतका नेताहरुले सम्बोधन गर्दै जनतालाई गफ दिने र सत्तामा रमाउने मानसिकतामा रहेका कम्युनिष्टहरुले सत्ता स्वार्थकै कारण देशलाई राजनीतिक दुर्घटनामा पारेका बताएका थिए ।