४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन



अ+ अ-

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकन गरेका छन् ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबर पनि सहभागी थिए ।

त्यस क्रममा भारत सरकारको सरकारी निकाय Center Public Works Department (CPWD)  का इन्जिनियर राजेश कुमारले आयोजनाबारे विस्तृत जानकारी गराएका थिए ।

संक्षिप्त छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई नेपाल सरकारले तीब्रता दिए निर्धारित समयमै निर्माण सम्पन्न गरी आयोजना हस्तान्तरण गर्न भारत तयार रहेको जानकारी दिए ।

प्रतिउत्तरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले आयोजनामा नेपाल सरकारले गर्नुपर्ने कामलाई थप समन्वयात्मक र गति दिन आफूले पहल गर्ने तथा तत्काल सबै सरोकारवालाबीच छलफल गराएर चेक लिष्टअनुसारका कामलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो।

‘आयोजना निर्धारित समयमै सम्पन्न गर्न नेपाल सरकारका तर्फबाट गर्नुपर्ने लगानी, समन्वय र सहजीकणमा कमी हुँदैन’ मन्त्री लामिछानेले भने ।