११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानी उत्खननमा अनियमितता : भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध मुद्दा



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपमा महानिर्देशक घिमिरे, उपमहानिर्देशक तथा प्रवक्ता जयराज घिमिरे तथा ९ वटा कम्पनीका सञ्चालकसहित १८ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुविरुद्ध रु एक अर्ब २४ करोडभन्दा बढी रकम बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारमा चुनढुङ्गा उत्खननमा अनियमितता भएको आशङ्का रहेको भनी उजुरी परेपछि आयोगले अनुसन्धान अगाडि बताएको थियो । अख्तियारले खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको ठहर गरेको छ ।