६ असार २०८३, शनिबार
,
Latest
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकरण मार्ग पदयात्रा आइतबार हनुमानढोका आइपुग्दै



अ+ अ-

काठमाडौ ।गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ ।नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको  सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गर्ने छन् । उक्त  पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको  निर्देशनालयले जानकारी दिएको छ ।

 हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ ।सैनिक कवाज प्रदर्शनसहित दीप तथा ती पाँच प्रथम युनिटका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम पनि हुनेछ ।