१. घर देखेर मन अलमलिन्छ…
कोलम्बियाको यो उल्टो घर मानिसमा चर्चाको विषय बनेको छ । ‘रोयटर्स’ को रिपोर्टअनुसार यो घर कोलम्बियाको राजधानी बोगोटाबाट अलि टाढा रहेको गुटाभिटामा रहेको छ । यो घर देखेर मानिसहरु छक्क पर्छन् । किनभने यो घर बाहिरबाट उल्टो मात्रै होइन, भित्रबाट पनि उल्टो छ । केही मानिसहरू भन्छन् कि कोरोना महामारीले संसारलाई उल्टो पारेको छ । त्यसैले यो घर उत्तम प्रतीक हो ।

२. पर्यटकहरू घरको सिलिङमा हिँड्छन्…
यो अनौठो घर कोलम्बियामा आफ्नो परिवारसँग बस्ने अस्ट्रियाका फ्रिट्ज शालले डिजाइन गरेका हुन् । यो घर यति अचम्मको छ कि पर्यटकहरू यसको सिलिङमा हिँड्छन् र यसको आश्चर्यजनक चित्रहरूले अरूलाई चकित पार्छन्।

३. भित्रको संसार बिल्कुलै फरक…
वास्तवमा घरभित्र पसेपछि अर्कै दुनियाँमा आएजस्तो लाग्छ। किनकि घरका सबै फर्निचर भुइँमा देखिन्छन् जबकि तपाईं आफूलाई सिलिङमा हिँडिरहेको पाउनुहुन्छ।

४. जब मानिसहरूले मलाई पागल ठान्थे…
“जब मैले मानिसहरूलाई म उल्टो घर बनाइरहेको छु भनेँ, सबैले मलाई पागल जस्तै हेरे”, घर डिजाइनर फ्रिट्ज भन्छन्, “उनीहरुले मेरो कुरा पत्याउन सकेनन् र भने, पक्कै बनाइदिनुस् सर ।” सन् २०१५ मा ग्रान्ड चिल्ड्रेनसँग आफ्नो देश अस्ट्रियाको भ्रमणमा जाँदा यो अनौठो घर बनाउने प्रेरणा पाएको उनी बताउँछन् । त्यहाँ उनले यस्तै एउटा घर देखे ।

५. कोरोनाका कारण निर्माणमा ढिलाइ
कोरोना महामारीले यो घर निर्माणमा धेरै अवरोध सिर्जना गरेकोले काममा ढिलाइ भएको उनको भनाइ छ । तर यो जनवरी २०२२ मा पर्यटकका लागि खुला गरिएको छ। पर्यटकहरु यो घर धेरै मन पराउँछन्। यसलाई हेर्न टाढा टाढाबाट मानिसहरु आउने गरेका छन् । तस्बिर ः रोयटर्स











