२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित



अ+ अ-

नयाँदिल्ली । भारतको लोकसवा निर्वाचन सात चरणमा गरी सम्पन्न भएसँगै निर्वाचन परिणमबारे एक्जिट पोलहरु सार्वजनिक भएका छन् । आमभारतीयमा पनि कसले चुनाव जित्छ भन्ने चासो बढेको छ । डेढ महिना लगाएर केही केन्द्र शासितसहित २८ राज्यमा १८ औैं लोकसेवा चुनाव पूरा भएको हो । मत गणना भने जुन ४ मा हुनेछ ।

चुनाव सकिएलगत्तै हिजै अधिकांश ‘एक्जिट पोल’ ले प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने प्रक्षेपण गरेका छन् । २०१४ र २०१९ को चुनावमा अत्यधिक बहुमतले भारतीय जनता पार्टीले चुनाव जितेको थियो । मोदी लगातार १० वर्षदेखि प्रधानमन्त्री छन् ।

अधिकांश ‘एक्जिट पोल’ को नतिजाले भाजपा नेतृत्वको राष्ट्रि लोकतान्त्रिक गठबन्धन (एनडीए) पुन: भारी बहुमतका साथ तेस्रो पटक सत्तामा पुग्ने देखाएको छ । एक्जिट पोलहरूले भाजपा नेतृत्वको एनडीएले ३ सय ५० देखि ३ सय ८० सिटसम्म जित्ने प्रक्षेपण गरेका छन् । लोकसभामा बहुमतका लागि २ सय ७२ सिट चाहिन्छ ।

विपक्षी गठबन्धन इन्डिया गठबन्धनलाई प्राय: एक्जिट पोलले १ सय २५ देखि १ सय ६० सिट मात्रै दिएको छ । न्युज नेसन टीभी, साम जकिबात, इन्डिया न्युज, रिपब्लिक भारत, रिपब्लिक टीभीलगायतले आफ्नो एक्जिट पोलमा एनडीएलाई न्यूनतम ३ सय ४२ देखि ३ सय ९२ सिट सम्म दिएका छन् । विपक्षी गठबन्धनलाई १ सय २५ देखि १ सय ६९ सम्म सिट दिएका छन् ।

भारतमा हुने एक्जिट पोलको नतिजा सधैं सही हुँदैन । २०१९ को लोकसभा चुनावमा प्रायजसो एक्जिट पोलको नतिजा र वास्तविक परिणाम करिब करिब मिलेको थियो । तर, २००४ को चुनावमा अधिकांश एक्जिट पोलको नतिजा ठीक विपरित थियो ।

एक्जिट पोलहरूले गरेको प्रक्षेपण विपरित प्रतिपक्ष कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने २ सय ९५ सिटभन्दा बढी जित्ने दाबी गरेको छ । कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको दिल्लीस्थित निवासमा बसेको गठबन्धनको बैठकले उक्त निष्कर्ष निकालेको हो । बैठकपछि खड्गेले ग्राउन्ड लेभलबाट आएको रिपोर्टिङका आधार तथा गठबन्धन दलका नेताहरूसँगको छलफलपछि उक्त निष्कर्ष निकालिएको बताए ।

अर्कोतिर, भाजपाका अध्यक्ष जेपी नड्डाले भाजपा एक्लैले ३ सय ७० सिट जित्ने पुरानो अडान दोहोर्‍याएका छन् । उनले एनडीए गठबन्धनले चार सय सिट पार गर्नेसमेत दाबी गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्न प्रयासरत छन् । यस पटक जितेको खण्डमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूपछि मोदी लगातार तेस्रो पटक प्रधानमन्त्री हुने व्यक्ति हुनेछन् ।