२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईलाई दम-खोकीको समस्या छ ? अप्नाउनुहोस् यी ६ दैनिक घरेलु अभ्यास



अ+ अ-

काठमाडौं । छातीको अभ्यास गर्नाले छातीको लचकतामा सुधार ल्याई दम-खोकीका बिरामीहरुको अबस्थामा सुधार ल्याउँछ । यस प्रकारका रहेका छन् अभ्यासहरु : 

१) नाकबाट श्वास भित्र तान्दै, बिस्तारै कुमलाई माथि उठाउनुहोस् । पूर्णरुपमा श्वासभित्र लिएपछि मुखबाट श्वास बाहिर फाल्दै, कुमलाई आरामदायी तरिकाले तल ल्याउनुहोस् । 

२) आफ्नो दुवै हात छातीमाथि राख्दै श्वास बाहिर फाल्नुहोस् । दुवै हातले छातीमा दवाव दिई घाँटीलाई बिस्तारै पछाडी लैजाँदै श्वास भित्र लिनुहोस् ।

३) दुवै हातलाई टाउको पछाडि लगी बिस्तारै श्वास भित्र लिनुहोस् र दुवै हातलाई माथि तिर तन्काउदै मुखबाट श्वास फाल्नुहोस् । 

४) आफ्नो दुवै हात छातीमाथि राख्दै श्वास बाहिर फाल्नुहोस् । दुवै हात तन्काउदै अगाडि लागी निहुरिदै श्वास भित्र लिनुहोस् । 

५) दाहिने हात टाउको पछाडि राख्ने र देब्रे हात कम्मरमा राखी बिस्तारै श्वास भित्र लिने । श्वास पूर्ण रुपमा लिएपछि शरिरको देब्रे तिर ढल्किदै श्वास बाहिर फाल्ने । हातको अवस्था पुनः दाहोरयाउने, देब्रे हात टाउको पछाडी राख्ने र दाहिने हात कम्मरमा राखी बिस्तारै श्वास भित्र लिने । श्वास पूर्ण रुपमा लिएपछि शरिरको दाहिने तिर ढल्किदै श्वास बाहिर फाल्ने ।

६)  दुवै हात कम्मर पछाडि लगी बिस्तारै श्वास बाहिर फाल्ने, श्वास बाहिर फालिसकेपछि दुवै हात पछाडि तन्काउदै बिस्तारै श्वास भित्र लिने र फेरि हातलाई खुल्ला छोडी श्वास बाहिर फाल्ने ।