२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाईलाई दम-खोकीको समस्या छ ? अप्नाउनुहोस् यी ६ दैनिक घरेलु अभ्यास



अ+ अ-

काठमाडौं । छातीको अभ्यास गर्नाले छातीको लचकतामा सुधार ल्याई दम-खोकीका बिरामीहरुको अबस्थामा सुधार ल्याउँछ । यस प्रकारका रहेका छन् अभ्यासहरु : 

१) नाकबाट श्वास भित्र तान्दै, बिस्तारै कुमलाई माथि उठाउनुहोस् । पूर्णरुपमा श्वासभित्र लिएपछि मुखबाट श्वास बाहिर फाल्दै, कुमलाई आरामदायी तरिकाले तल ल्याउनुहोस् । 

२) आफ्नो दुवै हात छातीमाथि राख्दै श्वास बाहिर फाल्नुहोस् । दुवै हातले छातीमा दवाव दिई घाँटीलाई बिस्तारै पछाडी लैजाँदै श्वास भित्र लिनुहोस् ।

३) दुवै हातलाई टाउको पछाडि लगी बिस्तारै श्वास भित्र लिनुहोस् र दुवै हातलाई माथि तिर तन्काउदै मुखबाट श्वास फाल्नुहोस् । 

४) आफ्नो दुवै हात छातीमाथि राख्दै श्वास बाहिर फाल्नुहोस् । दुवै हात तन्काउदै अगाडि लागी निहुरिदै श्वास भित्र लिनुहोस् । 

५) दाहिने हात टाउको पछाडि राख्ने र देब्रे हात कम्मरमा राखी बिस्तारै श्वास भित्र लिने । श्वास पूर्ण रुपमा लिएपछि शरिरको देब्रे तिर ढल्किदै श्वास बाहिर फाल्ने । हातको अवस्था पुनः दाहोरयाउने, देब्रे हात टाउको पछाडी राख्ने र दाहिने हात कम्मरमा राखी बिस्तारै श्वास भित्र लिने । श्वास पूर्ण रुपमा लिएपछि शरिरको दाहिने तिर ढल्किदै श्वास बाहिर फाल्ने ।

६)  दुवै हात कम्मर पछाडि लगी बिस्तारै श्वास बाहिर फाल्ने, श्वास बाहिर फालिसकेपछि दुवै हात पछाडि तन्काउदै बिस्तारै श्वास भित्र लिने र फेरि हातलाई खुल्ला छोडी श्वास बाहिर फाल्ने ।