२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.12

Wind: 1.03

Humidity: 64

Latest
काठमाडौंमा आज राप्रपा, शिक्षक र सहकारीपीडितको प्रदर्शन, कुन–कुन स्थानमा हुँदैछ ट्राफिक अबरुद्ध ? आज पनि काठमाडौं विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’ क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग राप्रपाले आज गर्ने प्रदर्शन सीसी क्यामेरा र ड्रोनबाट निगरानी गरिने सिड्नीको अपूर्व सफलतापछि नेपथ्य अब गोकर्णेश्वरमा आज जनआन्दोलन दिवस मनाइँदै रुपन्देहीमा भ्यान पल्टिँदा दुईको मृत्यु, २२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ: बालेन



file photo
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्यूरोडमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन थाल्नेहरूले नै फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् ।

सडक डिभिजन कार्यालयले न्यूरोडको सडक पुन:स्थापन गर्न दिएको २ दिनको अल्टिमेटम सकिँदै गर्दा बालेनले सडकमा ३ फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो नहुने तर त्यति नै ठाँउमा फुटपाथ बनाउँदा साँघुरो हुने कसरी भनि प्रश्न गरेका छन् ।

डिभिजन कार्यालयको क्षेत्राधिकारभित्र रहेको न्यूरोड सडकमा महानगरले फुटपाथ बढाउन सडक काटेपछि कार्यालयले दुई दिन भित्र सडक जस्ताको तस्तै बनाउन अल्टिमेटम दिएको थियो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिँड्ने सडकमा विभागले बनाएको मापदण्ड हेर्न सुझाव दिँदै त्यही मापदण्ड पालना गर्न फुटपाथ बढाएको जिकिर गरे ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायिक, सुन्दर बनाउन एकजुट हुनुपर्ने बताउदै उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन आग्रह गरे ।

मेयर शाहको स्ट्याटस यस्तो छ:

न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।