२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर



तस्विर : एएफपी
अ+ अ-

काडमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ३४ वटा अभियोगमा दोषी ठहर भएका छन् । उनलाई न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो ।

अब ट्रम्पविरुद्ध सजाय सुनाउन बाँकी छ । सजायका लागि आगामी जुलाई ११ का लागि सुनुवाई तोकिएको छ । उनलाई चार वर्षसम्म जेल वा प्रोवेशनको सजाय हुन सक्ने जनाइएको छ ।

यद्यपी ट्रम्पले आफूविरुद्धको फैसलाको पुनरावेदन गर्ने योजना बनाइसकेका छन् । तर त्यो अपील सुनुवाइ हुनुभन्दा धेरै अगाडि ट्रम्प फौजदारी न्याय प्रणालीको दायरामा आइसक्छन् । तर रोचक के छ भने ट्रम्पको सजायले उनलाई जेलमा पठाएमा उनीसँगै सेक्रेट सर्भिसका एजेन्टहरु पनि जानुपर्नेछ ।

ट्रम्प दोषी ठहर भएका ३४ अभियोगमा न्यूयोर्क राज्यको कानून अन्तर्गत सम्भावित सजाय भनेको प्रोबेशनदेखि चार वर्षको जेल सजाय हो । तर ट्रम्प सामान्य प्रतिवादी होइनन् । र धेरैजसो विज्ञहरूले जेल सजायको सम्भावना कम भएको बताउँछन् । तर मुद्दाका न्यायाधीश जुआन एम मर्चनले ह्वाइट कलर अपराधलाई गम्भीरताका साथ लिने बताएका छन् ।

पूर्वराष्ट्रपतिलाई जेलमा बस्नैपर्ने सजाय सुनाएमा ट्रम्प कुनै साधारण कैदी हुनेछैनन्। किनभने अमेरिकी कानुन अनुशार अमेरिकाको सेक्रेट सर्भिसले पूर्वराष्ट्रपतिहरूलाई चौबीसै घण्टा सुरक्षा प्रदान गर्नु आवश्यक हुन्छ । जसको मतलब सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई जेलभित्रै सुरक्षा प्रदान गर्नुपर्नेछ ।