२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसद अन्त्य गर्न खोजेपछि गृहमन्त्रीको नामबिनै समिति गठन गर्न तयार भयौँ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम संसदीय छानबिन विशेष समितिमा किन नराखिएको भन्नेबारे स्पष्ट पारेका छन् ।

बिहीबार एक भिडिओ सार्वजनिक गर्दै थापाले सत्तापक्षले केही दिन पेल्ने र संसद बन्द गर्ने तयारी गरेपछि आफूहरू गृहमन्त्रीको नाम नलेखि समिति बनाउन तयार भएको बताए ।

‘कांग्रेसले संसदीय समितिमा गृहमन्त्रीको नाम नलेखि नछोड्ने भएपछि संसद पेलेर चलाउने, केही दिनपछि बन्द गरिदिने तयारी सत्तापक्षको थियो’ थापाले भिडियोमा भनेका छन्, ‘त्यसपछि छ महिनापछि मात्रै संसद बोलाए पनि हुने र संसदीय समिति नबनाउने रणनीति थाहा पाएरै हामीले संसदीय समितिमै जोड गर्‍यौं ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन् भनेर आफूहरूले उठाएको विषयमा छानबिन हुने निश्चित भएको बताए । जुन उद्देश्यले कांग्रेसले विषय उठाएको हो त्यही बमोजिम समिति बनेको जिकिर गरे ।

कांग्रेसले संसदमा र सडकमा उठाउँदै आएका मागहरू सम्बोधन हुने बताए । उनले गोरखा मिडियाको अनुसन्धान गरेपछि रवि लामिछाने र जीवी राईको संलग्नता प्रष्ट हुने बताए।

उनले समितिलाई निर्बाध रूपमा काम गर्न दिएर ठगी गर्नेमाथि कारबाही र बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता हुनुपर्ने बताए।