२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त-राधिकाको विवाह १२ जुलाई मा, विहेको कार्डमा ‘ड्रेस कोड’ सहितको जानकारी



अ+ अ-

एजेन्सी । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र उद्योगपति विरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह छिट्टै हुन लागेको छ । अहिले यो जोडी इटालीको क्रुजमा प्रि-वेडिङ सेरोमनीमा व्यस्त छन् । अनन्त-राधिकाको पहिलो प्रि(वेडिङ समारोह मार्चमा गुजरातको जमानगरमा आयोजना गरिएको थियो।

अनन्त(राधिकाको क्रुज पार्टीमा सहभागी हुन शाहरुख खानदेखि सलमान खानसम्म सबै बलिउड स्टारहरु इटाली पुगेका छन् । धेरै विदेशी सेलिब्रेटीहरू पनि यो उत्सवको हिस्सा बनिरहेका छन्। यसैबीच अनन्त–राधिकाको विवाहको निमन्त्रणा कार्ड पनि बाहिरिएको छ ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको भव्य विवाह मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । यो जोडी जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । विवाहको कार्ड परम्परागत रातो र सुनौलो रंगको छ। जोडीको विवाह समारोहको विवरण पनि कार्डमा दिइएको छ।

तीन दिनसम्म चल्ने उक्त समारोहको पहिलो अर्थात शुभ विवाह समारोह जुलाई १२ तारिखमा हुनेछ । अतिथिहरूलाई ड्रेस कोड भारतीय परम्परागत अनुसारको लगाउन भनिएको छ ।

जुलाई १३ मा शुभ आशीर्वादको दिन हुनेछ र ड्रेस कोड भारतीय औपचारिकभनिएको छ। १४ जुलाईमा मंगल उत्सव वा विवाह रिसेप्शन हुनेछ र ड्रेस कोड ‘भारतीय चिक’ हुनेछ।