३ आश्विन २०८१, बिहीबार
,
Latest
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड अनेरास्ववियु कार्यवाहक अध्यक्षको जिम्मेवारी गिरीलाई गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै बजेटमा करका दरहरु हेरफेर गरेका हौं: अर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीवार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताउनु भयो । उहाँले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र वृहत सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिनुभयो । उहाँले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै वृहत छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गर्नुभयो ।

उहाँले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको बताउनु भयो । उहाँले करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेको भन्दै यो विषयमा सार्वजनिक बहस गर्न तयार रहेको बताउनु भयो । उहाँले करका दर हेरफेरमा प्रतिष्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्ने व्यवसायीहरु सरकारसँग डराउनु नपर्ने बताउनु भयो । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भुमिका खेल्ने उहाँको भनाइ छ । उहाँले बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउनु भयो । उहाँले स्पञ्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताउनु भयो । उहाँले बिभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको बताउनु भयो । उहाँले सरकारले लुकाएर करका दर हेरफेर नगरेको बताउनु भयो ।

अर्थमन्त्री पुनले भन्नुभयो,‘मुलुकमा सरकार र अर्थमन्त्री परिर्वतन भइराख्छन् । तर वृहत सोचमा परिवर्तन नआओस् । नयाँ चरणको आर्थिक सुधार गरौं । त्यो पनि साझा सोचबाट गरौं भन्ने बजेटमा उल्लेख भएको छ । सरकारको मात्रै नभएर वृहत छलफलबाट सोच निर्माण गरौं । निजी क्षेत्रसहितको साझा सोच आउनुपर्छ जसले मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिर्वतन गर्न सकोस्् भन्ने सरकारको प्रतिवद्धता हो । सबैको साझा सोच र संकल्प बनेपछि नयाँ चरणको सुधार हुन्छ । छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेका छौं । सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको छ । करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेका छौं । यो विषयमा सार्वजनिक बहस गर्न तयार छौं । करका दर हेरफेरमा प्रतिष्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्छु भन्ने व्यवसायीहरु सरकारसँग डराउनु पर्दैन । सरकारले पनि सबै निजी क्षेत्रलाई समान रुपमा हेर्छु भन्यो भने छलफल गर्न आवश्यक छ । स्पन्ज आइरनका विषयमा तरंगा आउँछ भन्ने नै लागेको थियो, आयो । यो विचार गरेरै ल्याइएको हो । यसबारे आजै व्यवसायीहरूसँग छलफल गर्दै छौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ । व्यवसायीहरूलाई तथ्यमा आधारित भएर छलफल गर्नका लागि बोलाएका छौं ।’

उहाँले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफू सरपराइज भएको बताउनु भयो । उहाँले बजेटमा फरक फरक धारणा आउनु स्वभाविक भएको बताउनु भयो । उहाँले अधिकांश क्षेत्र र प्रतिपक्ष दलहरुको सकरात्मक प्रतिक्रिया आएको भन्दै सुखी व्यक्त गर्नुभयो । उहाँले बजेट अलिअलि आलोचना आउनु स्वभाविक रहेको बताउनु भयो । उहाँले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएकाले आफै सरप्रराइज भएको उल्लेख गर्नुभयो । उहाँले आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट ल्याएको दाबी गर्नुभयो । उहाँले सबै मन्त्रालय र निकायहरुको मेहनेत र सरोकारवालाहरुको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाँले प्रि–बजेट डिस्कसनहरूको समेत प्रभाव परेको र नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभुत गर्ने परिवेश बनाएको बताउनु भयो ।

उहाँले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारले यसको स्वीकार गरेको बताउनु भयो । उहाँले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताउनु भयो । उहाँले सूचना प्रविधिमा प्राथमिकता राखेर निशुल्क कार्यालय दिने जस्ता कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले निजी क्षेत्रले यसमा साथ दिएर कार्यक्रमलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।