१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै बजेटमा करका दरहरु हेरफेर गरेका हौं: अर्थमन्त्री पुन

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै बजेटमा करका दरहरु हेरफेर गरेका हौं: अर्थमन्त्री पुन
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीवार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताउनु भयो । उहाँले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र वृहत सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिनुभयो । उहाँले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै वृहत छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिवद्धता रहेको उल्लेख गर्नुभयो । उहाँले सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गर्नुभयो ।

उहाँले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको बताउनु भयो । उहाँले करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेको भन्दै यो विषयमा सार्वजनिक बहस गर्न तयार रहेको बताउनु भयो । उहाँले करका दर हेरफेरमा प्रतिष्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्ने व्यवसायीहरु सरकारसँग डराउनु नपर्ने बताउनु भयो । कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भुमिका खेल्ने उहाँको भनाइ छ । उहाँले बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको बताउनु भयो । उहाँले स्पञ्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताउनु भयो । उहाँले बिभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको बताउनु भयो । उहाँले सरकारले लुकाएर करका दर हेरफेर नगरेको बताउनु भयो ।

अर्थमन्त्री पुनले भन्नुभयो,‘मुलुकमा सरकार र अर्थमन्त्री परिर्वतन भइराख्छन् । तर वृहत सोचमा परिवर्तन नआओस् । नयाँ चरणको आर्थिक सुधार गरौं । त्यो पनि साझा सोचबाट गरौं भन्ने बजेटमा उल्लेख भएको छ । सरकारको मात्रै नभएर वृहत छलफलबाट सोच निर्माण गरौं । निजी क्षेत्रसहितको साझा सोच आउनुपर्छ जसले मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिर्वतन गर्न सकोस्् भन्ने सरकारको प्रतिवद्धता हो । सबैको साझा सोच र संकल्प बनेपछि नयाँ चरणको सुधार हुन्छ । छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेका छौं । सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको छ । करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेका छौं । यो विषयमा सार्वजनिक बहस गर्न तयार छौं । करका दर हेरफेरमा प्रतिष्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्छु भन्ने व्यवसायीहरु सरकारसँग डराउनु पर्दैन । सरकारले पनि सबै निजी क्षेत्रलाई समान रुपमा हेर्छु भन्यो भने छलफल गर्न आवश्यक छ । स्पन्ज आइरनका विषयमा तरंगा आउँछ भन्ने नै लागेको थियो, आयो । यो विचार गरेरै ल्याइएको हो । यसबारे आजै व्यवसायीहरूसँग छलफल गर्दै छौँ । हामीले लुकाएर करका दर हेरफेर गरेका छैनौँ । तथ्यमा आधारित भएर यसतर्फ काम गरेका हौँ । व्यवसायीहरूलाई तथ्यमा आधारित भएर छलफल गर्नका लागि बोलाएका छौं ।’

उहाँले बजेट सबैले बजेट सन्तुलित आएको भन्दा आफू सरपराइज भएको बताउनु भयो । उहाँले बजेटमा फरक फरक धारणा आउनु स्वभाविक भएको बताउनु भयो । उहाँले अधिकांश क्षेत्र र प्रतिपक्ष दलहरुको सकरात्मक प्रतिक्रिया आएको भन्दै सुखी व्यक्त गर्नुभयो । उहाँले बजेट अलिअलि आलोचना आउनु स्वभाविक रहेको बताउनु भयो । उहाँले बजेट सन्तुलित नै आएको प्रतिक्रिया दिएकाले आफै सरप्रराइज भएको उल्लेख गर्नुभयो । उहाँले आफैँलाई पनि तथ्यमा आधारित भएर नै बजेट ल्याएको दाबी गर्नुभयो । उहाँले सबै मन्त्रालय र निकायहरुको मेहनेत र सरोकारवालाहरुको सुझावका आधारमा यस्तो बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाँले प्रि–बजेट डिस्कसनहरूको समेत प्रभाव परेको र नेपालको अहिलेको अर्थतन्त्रको यथार्थ स्थिति अनुभुत गर्ने परिवेश बनाएको बताउनु भयो ।

उहाँले तथ्यमा आधारित भएर बजेट बनाउँदा अधिकाश क्षेत्र र सरोकारले यसको स्वीकार गरेको बताउनु भयो । उहाँले बजेटले उत्पादन तथा उद्योगलाई संरक्षण गर्नेतर्फ ध्यान दिइएको पनि बताउनु भयो । उहाँले सूचना प्रविधिमा प्राथमिकता राखेर निशुल्क कार्यालय दिने जस्ता कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले निजी क्षेत्रले यसमा साथ दिएर कार्यक्रमलाई सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।