१० श्रावण २०८३, आईतवार
,
Latest
इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको मुद्दा निवेदकको तर्फबाट स्थगित गरिएको हो ।

यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको इजलास स्थगित गरिएको थियो ।

लामिछानेलाई पदबाट निलम्बन माग गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दिएका थिए । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए । रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ ।