२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री गुरुङद्वारा पृथ्वी जयन्तीको शुभकामना



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पृथ्वीनायारण शाहले शुरु गरेको एकीकरण अभियानको जगमा स्वाधीन, सार्वभौम र आधुनिक राष्ट्रका नागरिकको रूपमा विश्वसामु परिचित हुन पाएको बताउनुभएको छ ।

राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा आज प्रकाशित प्रेस विज्ञप्तिमार्फत उहाँले नेपालको भौगोलिक एकीकण गरी भाषिक, जातीय, सांस्कृतिकलगायत अन्य विविधताका बीच एकताको आधार निर्माण भएको उल्लेख गर्नुभएको छ । 

मुलुकमा एकताको आधारमा टेकेर जनआन्दोलन, जनक्रान्तिलगायत विभिन्न राजनीतिक सङ्घर्षमार्फत हामी अहिले सङ्घीय लोकतान्तिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आइपुगेको बताउँदै उहाँले सामाजिक न्यायसहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्ने दिशामा एकताबद्ध भई केन्द्रित हुन यस दिनले सबैलाई प्रेरणा प्रदान गर्ने विज्ञप्तिमार्फत विश्वास व्यक्त गर्नुभएको छ ।