२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी



अ+ अ-

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान  एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो ।  

 बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको  अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताउनुभयो । सो आगलागीबाट झण्डै रु २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ  ।  घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।