६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पृथ्वीनारायण शाह र दिव्योपदेश

पृथ्वीनारायण शाह र दिव्योपदेश
अ+ अ-

‘ के चुनी (चुनिएका) सिपाही भए, के भाइ–भारदार भए, यिनलाइ दौलथ कमाउन नदिनू । आदमी ( मानिस ) हेरी हुर्मत मात्रै राखिदिनू । किन भनौला, दौलथ भएकाले तरवारमा पसी मर्न मार्न सकोइनन् र हरिप ( शत्रु ) को चपक ( पीरपिराउ )  हुन्छ । सिपाही, भाइ भारदारहरुले सोख गरेनन् भने चारै खुट (चारै दिशा) मेरो तरवार बज्नेछ । सोखमा पसे भने  ( नाश हुनेछ ) । ’

माथिको शव्द राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको भनाइ समेटिएको दिव्योपदेशको एक अंश हो । आजभन्दा २४६ बर्षअघि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिनु भएको दिव्योपदेश आज पनि हामी नेपालीका लागि गिता–ज्ञान जत्तिकै मार्गदर्शक बनिरहेको छ । दिव्य–ज्ञानको अजस्र स्रोत बनिरहेको छ । 
त्यसबेला उत्तरको चीन ठुलो संख्याको सेनासहित शक्तिशाली थियो । दक्षिणतिर भारत भुमीमा बेलायति साम्राज्यको आधुनिक हातहतियार र सैन्य रणनीतिसहितको सेनाले भारतवर्षका स–साना राज्यमा बिजय गरेर इसाइ–साम्राज्य बिस्तार गरिरहेको थियो । 
आजको नेपाल त्यसबेला धेरै स–साना टुक्रा राज्यमा बांडिएको थियो । ती स–साना राज्यका धेरै कमजोर, घरेलु हतियारमात्र भएका, आधुनिक सैन्य ज्ञान नभएका, सिमित झारा सैनिकले उत्तरको चिंनिंया सेना र दक्षिणको बेलायति सेनासं“ग युद्ध लडेर, नेपाली भुमी र हिन्दु धर्म तथा संस्कृति जोगाउन सक्ने सम्भावना धेरै कम थियो । 
यसबीचमा त्यसबेला करिब ५२ वटा राज्य मध्येको एक सानो राज्य गोरखाको राजगद्दीमा पृथ्वीनारायण शाह बसे । उनले धेरै चातुर्यताका साथ नेपाल राष्ट्र निर्माण गरि छाड्ने उद्घोष गरे । बनारस गएर केहि आधुनिक बन्दुक किनेर ल्याए । बन्दुक चलाउन जान्ने मुसलमान कालीगढ ल्याएर गोरखामा घर षेत दिएर राखे । ती बाट गोरखाका युवालाइ तालिम दिए र नेपाल एकीकरण अभियान चलाए । गोरखा र आसपासमा बस्दै आएका जनताले उनको अभियानलाइ साथ दिए ।
बि.सं. १८०१ असोज १५ मा कान्तिपुर अधीनको नुवाकोट बिजय गरेर उनले नेपाल एकीकरणको श्रीगणेश गर्न सफल भए ।
त्यसपछिका दिनमा पृथ्वीनारायण शाह राजा भएर मोजमस्ती गरेर बसेनन् । उनी अहोरात्र सेना बलियो बनाउन र नेपाल एकीकरण गर्नमा लागिरहे । फलस्वरुप पृथ्वीनारायण शाह बि.सं. १८३१ मा गोरखाबाट पुर्वका कान्तिपुर, ललितपुर, भक्तपुर, मकवानपुर, बिजयपुर र चौदण्डि समेतका राज्य जितेर पुर्वमा मेचीनदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भए । 
त्यसपछि आजको आधुनिक नेपाल राष्ट्र निर्माणको शिलान्यास भएको थियो ।
नेपाल एकीकरण अभियानमा तन र मनले लागिरहेका बेला पृथ्वीनारायण शाहको ५२ वर्षको उमेर नुवाकोटको देवीघाटमा स्वर्गारोहण भयो । आफु स्वर्गारोहण हुनुअघि उनले यो नेपाल देश, हिन्दु धर्म र संस्कृति मान्नेले यो मर्म र यथार्थलाइ मनन् गर्दै यसरी चलाउनु र यसप्रकारको विधि अपनाउनु भनेर बिश्वासिला भारदारलाइ राखेर केहि महत्वपुर्ण कुरा बताउनु भएको थियो, त्यसलाइ आज दिव्योपदेश भनिन्छ ।
दिव्योपदेशमा उनले राष्ट्रका उच्च भाइ–भारदारलाइ धन–दौलतमा फस्न नदिन सचेत गराएका छन् । राष्ट्र–निर्माताले देशको उच्चपदमा रहेका भारदार नीजि स्वार्थमा लिप्त भएर धनदौलत आर्जनमा लागे भने देश कमजोर हुने र जनताले दुःख पाउने संकेत गरेका छन् । दिव्योपदेशमा उल्लेख भएका मर्मलाइ आत्मसात नगरेर, आज देशका उच्च–वर्गले बाटो बिराउ“ंदा देश कमजोर हुन लागेको र जनताले दुःख पाएकाले उनको भनाइ चरितार्थ हुंदै गएको कतिपय अध्येताको ठहर छ ।  
आज कतिपयले पृथ्वीनारायण शाहलाइ यदाकदा गाली पनि गर्दछन् । नेपाल एकीकरणजस्तो ऐतिहासिक सुकार्यलाइ जनता मारेको र राज्य लुटेको जस्ता स्तरहीन शव्दबाट दुत्कार्दछन् । पृथ्वीनारायण शाहले सत्ताका लागि यो काम गरेका थिएनन् । धेरै भत्ता पाउनका लागि यो काम गरेका होइनन् । केवल आफ्ना सन्तानका लागि मात्र पनि उनले यो काम गरेका थिएनन् । उनी राजा त छंदैथिए । दरबारमा मोजमस्ति गरेर सबै जीवन बिताउन सक्दथे । तर उनले आफ्नो सिंगो जीवन नेपाल एकीकरणमा समर्पण गरेर अन्ततः एक शक्तिशाली, स्वतन्त्र, हिन्दु राष्ट्र निर्माण गर्न सफल भए । पृथ्वीनारायण शाह खासमा देश–निर्माता हुन् । त्यसर्थ उनलाइ हामी सबै नेपालीले राष्ट्र–निर्माता भन्नु सान्दर्भिक हुनसक्छ ।
उनले त्यसबेला गोरखा राज्य बिस्तार नगरेका थिए भने आज हामी स्वतन्त्र नेपाल राष्ट्रका नागरिकका रुपमा बिश्वमा उभिन सक्ने हैसियतका हुने थिएनौं । आज सत्ताका भोका मानिसका लागि कार्ल–माक्र्स, लेनिन, माओ, गान्धी प्यारा छन् । तर तिनको हाम्रो नेपाल निर्माणमा कुनै योगदान छैन । तिनका शिष्य बनेका कतिपयले सत्ता–स्वार्थका लागि नेपाललाइ दीर्घकालीन अहित हुने खालका कैयौं चाल चलेका दृष्टान्त धेरै छन् । केवल सत्ता स्वार्थका लागि हिंसात्मक अभियान सन्चालन गरेका छन् । नेपालीमा बिभाजन ल्याउन पटकपटक प्रयास गरेका छन् । नेपालीबीचको एकता भत्काउन प्रयास गरेका छन् । यस कुराबाट हामीले बेलैमा सतर्क हुनु जरुरी छ ।
जर्मनी एकीकरण गर्ने बिश्मार्क र इटली एकीकरण गर्ने गैरीवाल्डी जस्तै नेपाल एकीकरण गरेर नेपाल लाइ बिश्वमा अलग र स्वतन्त्र देश बनाउने नायक पृथ्वीनारायण शाह नै हुन् । उनको दिव्यवाणी समेटिएको दिव्योपदेश आज पनि हाम्रो नेपाल र हामी नेपालीका लागि अति महत्वपुर्ण छ ।
हरेक नेपाली युवाले पृथ्वीनारायण शाहको बारेमा पढेर उनको काम र योगदानलाइ सम्मान गर्नसक्नु पर्छ । आज हरेक स्वाभिमानी नेपालीले पृथ्वीनारायण शाहको तश्वीर घरघरमा राखेर स्मरण गर्ने अभियान चलाउनु पर्दछ । उनले बताएको दिव्योपदेशको मर्मलाइ आत्मसात गर्न सक्नु पर्दछ । प्रत्येक बिद्यालयमा पृथ्वीनारायण शाहको जीवनी र उनले सम्पन्न गरेको ऐतिहासिक योगदानबारकोे पाठ अनिवार्य अध्यापन गराइनु पर्दछ । सरकारीस्तरबाटै यो अभियान चलाइनु सान्दर्भिक हुनसक्छ । 
पृथ्वीनारायण शाहको २९८  औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसमा हामी सबैले देशको समृद्धि र आपसी एकताका लागि आ–आफ्नो स्थानबाट योगदान गर्ने संकल्प गरौं । राष्ट्र–निर्माता पृथ्वीनारायण शाहलाइ सम्मान गरौ । नेपाली हुनुमा गर्व गरौं ।